७ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

राष्ट्रपतिबाट लोकतान्त्रिक प्रणाली नै खतरामा पार्ने काम भयो: नेता पौडेल

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले राष्ट्रपतिबाट लोकतान्त्रिक प्रणाली नै खतरामा परेको बताएका छन्।

पौडेलले ट्विटर मार्फत जननिर्वाचित संसदबाट अनुमोदन भएर प्रमाणीकरण गरेर संवैधानिक अधिकार प्रयोग गर्नुको साटो विद्यमान राजनीति प्रणालीलाई नै खतरामा पार्ने काम भएको बताएका हुन्।

उनले लेखेका छन्,‘जन निर्वाचित सभाबाट अनुमोदन सहित प्रस्तावित विधेयकको संबैधानिक अधिकार प्रयोग गर्नु पर्नेमा राष्ट्रपतिबाट प्रणालीनै खतरामा पार्ने काम भएको छ। बारम्बार संविधानको मर्म र भावनामा चोट पुग्ने काम संवैधानिक निकायबाट हुनुले व्यवस्था माथिको प्रहार हो। म यसको भर्तसना गर्दछु।’

प्रकाशित: ५ आश्विन २०७९ ०१:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App