१७ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

मापदण्डमा बनेका भवनको ९० दिनभित्र नक्सा पास गर्न काठमाडौं महानगरको निर्देशन

काठमाडौं महानगरले मापदण्ड अनुसार निर्माण भएका तर नक्सा पास नगरिएका भवनहरुलाई ३ महिनाभित्र नक्सा पास गर्न निर्देशन दिएको छ।

महानगरले एक सूचना जारी गर्दै मापदण्ड अनुसार निर्माण भएका तर नक्सा पास नगरिएका भवनहरुलाई ३ महिनाभित्र नक्सा पास गर्न निर्देशन दिएको हो।  

'काठमाडौं महानगर क्षेत्रभित्र निर्माण भएका सरकारी, निजी वा जुनसुकै प्रकृतिको भवनको समेत नक्सा पास नगरी बनाइएको र मापदण्ड अनुकूल रहेको भएमा त्यस्ता भवनहरूले सूचना प्रकाशित भएको मितिले ९० दिनभित्र मा नक्सा पेस गरी नक्सा स्वीकृत गर्न अनुरोध गरिन्छ' सूचनामा भनिएको छ।  

प्रकाशित: २३ भाद्र २०७९ ०३:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App