१७ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

उम्मेदवार सिफारिसबारे ताप्लेजुङ कांग्रेसमा जुट्यो सहमति

प्रतिनिधिसभातर्फ दावेदारी प्रस्तुत गर्ने सबैको नाम सिफारिस गरिने

प्रदेशसभातर्फ उम्मेदवार टुङ्ग्याएको नेपाली काँग्रेस ताप्लेजुङले प्रतिनिधिसभाको प्रत्यक्ष र समानुपातिकतर्फ मनोनयन भएका सबै नामावली सिफारिस गर्नेगरी सहमति जुटाएको छ। प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ५ र समानुपातिकतर्फ ३ जनाले दावेदारी प्रस्तुतगरी आवेदन दिएका थिए। 

प्राप्त आवेदन उपर एकपक्षले निर्वाचनमार्फत टुङ्गाउनुपर्ने र अर्को पक्षले प्राप्त नामावलीलाई जस्ताकोतस्तै सिफारिस गर्नुपर्ने अडानका कारण शनिवार सहमति बनेको थिएन। सहमति खोज्न आइतवार बिहान बसेको छलफलले दावेदारी प्रस्तुत गर्ने क्रममा गरेको मनोनयनलाई आधार मानेर सिफारिस गर्नेगरी सहमति जुटाएको काँग्रेस ताप्लेजुङ प्रदेश १(क)का सभापति लक्ष्मीप्रसाद भट्टराईले जानकारी दिए। उनका अनुसार काँग्रेसले आइतबार दिउँसो पत्रकार सम्मेलनमार्फत प्रतिनिधि र प्रदेशसभाको प्रत्यक्ष र समानुपातिकतर्फका बारेमा भएका निर्णय र सिफारिस प्रकृया सार्वजनिक गर्ने भएको छ। 

प्रतिनिधिसभाको प्रत्यक्षतर्फ जिल्ला सभापति गजेन्द्रप्रसाद तुम्याहाङ, महाधिवेशन प्रतिनिधि तथा पूर्व राज्यमन्त्री मणि लामा, महाधिवेशन प्रतिनिधि तथा प्रदेश १ सरकारका मन्त्री प्रतापप्रकाश हाङ्गाम, महाधिवेशन प्रतिनिधि तथा सिरिजङ्गा गाउँपालिकाका निवर्तमान अध्यक्ष टीकाराम गुरुङ र महाधिबेशन प्रतिनिधि बलबहादुर तामाङले दावेदारी प्रस्तुत गरेका थिए। 

समानुपातिकतर्फ भने महाधिबेशन प्रतिनिधि तथा पूर्व जिल्ला सभापति लीलादेवी बोखिम, महाधिबेशन प्रतिनिधि युवराज गुरुङ र महाधिवेशन प्रतिनिधि शीला ईजमले दावेदारी प्रस्तुत गरेका थिए। ईजमको नाम प्रदेशसभाको समानुपातिकतर्फ पनि सिफारिस सूचीमा अटाएको छ। 

प्रकाशित: १९ भाद्र २०७९ ०५:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App