coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

एमालेका उपमहासचिव गुरुङ प्रदेशसभा सदस्यमा उम्मेदवार

फाइल तस्बिर।

नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ यसपटक पनि प्रदेशसभा सदस्यमै उम्मेदवार सिफारिस भएका छन्।

शनिबार सम्पन्न एमाले लमजुङको बैठकले पार्टी उपमहासचिव गुरुङलाई जिल्लाको २ नम्बर प्रदेश क्षेत्रबाट उम्मेदवारमा सिफारिस गरेको छ। गुरुङ गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री तथा पार्टी प्रचार विभाग प्रमुख समेत हुन्।

शनिबारको बैठकले प्रदेशसभा २ तर्फ गुरुङ र पार्टीका जिल्ला अध्यक्ष कृष्णप्रसाद अधिकारीको नाम सिफारिस गरेको छ। त्यस्तै, प्रदेशसभा १ तर्फ धनन्जय दवाडी, राजकुमार विष्ट र जितबहादुर गुरुङको नाम सिफारिस भएको छ।

प्रकाशित: १८ भाद्र २०७९ १२:४२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App