७ वैशाख २०८१ शुक्रबार
राजनीति

अमेरिकी सहायक मन्त्री 'डोनाल्ड लु' भोलि नेपाल आउँदै

नेपालको दुई दिने भ्रमणका लागि अमेरिकाका दक्षिण तथा मध्य एसियाली मामिला सहायकमन्त्री डोनाल्ड लु (भोलि) बिहीबार काठमाडौँ आउँदैछन्। काठमाडौँमा रहँदा सहसचिव लुले प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग भेटवार्ता गर्ने कार्यक्रम रहेकाे छ।

कूटनीतिक श्रोतका अनुसार लुको यस भ्रमणका क्रममा राजनीतिक दलका नेताहरुसँग भेटघाट गर्ने कुनै पूर्व तालिका नरहेको बताइएको छ। लु बिहीबार साँझ काठमाडौँ आइपुग्ने र शुक्रबार साँझ स्वदेश फर्कनेछन्। नेपालको संसदले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) कम्प्याक्ट सम्झौतालाई अनुमोदन गरेपछि यो भ्रमण भएको हो।

अनुमोदनपछि एमसीसीको अनुदानमा निर्माण हुन लागेको सडक तथा प्रसारण लाइन निर्माणको तयारी एमसीए नेपालले अघि बढाएको छ। लुको भ्रमण नेपालमा राज्य साझेदारी कार्यक्रम (एसपीपी) बारे चलिरहेको बहससँग पनि मेल खान्छ। राजनीतिक दलको एक भागले एसपीपी कार्यक्रमलाई सैन्य रणनीतिको हिस्सा भएको भन्दै सरकारलाई त्यसबाट फिर्ता लिन माग गरेको छ।

प्रकाशित: ११ श्रावण २०७९ १४:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App