८ वैशाख २०८१ शनिबार
राजनीति

टिकट नपाएकाहरुको अहमले गर्दा चुनावी परिणाम सोचजस्तो आएनः ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय चुनावमा टिकट नपाएकाहरुले असहयोगले गर्दा परिणाम सोचे अनुरुप नआएको बताएका छन्। बुधबार काठमाडौँमा आयोजित बाग्मती प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा अध्यक्ष ओलीले ‘टिकट पाए जित्छु, नपाए हराउँछु’ भन्नेहरुका कारण परिणाम कमजोर आएको बताएका हुन्।

उनले टिकट पाए जित्छु, नपाए जसले पाउँछ उसलाई जिताउँछौं भन्ने नारा व्यवहारमा ठिक उल्टो भएको बताए। ओलीले पार्टीले तय गरेको यो नारा कार्यकर्ताहरुबाट उलंघन भएको गूनासो गरे। ओलीले भने, ‘व्यवहारमा उल्टो भयो, पाए जित्छु, नपाए हराउँछु भन्ने भयो।’

उनले नेताहरुको व्यक्तिगत अह्मले गर्दा परिणाम सोचे जस्तो नआएको बताए। ओलीले भने, ‘सानातिना कुरामा अल्झिने होइन, महान अभिभारा पुरा गर्न एमाले एकढिक्का हुन्छ र हुनुपर्छ।’ उनले माथि उल्लेखित भनाइहरु राखिरहदा सभाहलमा परर ताली बजेको थियो। तर ओली कार्यकर्ताहरुले ताली बजाएपछि असन्तुष्ट व्यक्त गरे र भने, ‘ताली थोरैले बजाउनुभयो।’

प्रकाशित: ४ श्रावण २०७९ ०९:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App