१९ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

बिहीबारसम्मका लागि माओवादी बैठक स्थगित

नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक भोलिसम्मका लागि स्थगित भएको छ। पार्टी अध्यक्षसहित शीर्ष नेता संसद् बैठकमा सहभागी हुनुपर्ने भएपछि आजका लागि तोकिएको बैठक बिहीबारसम्मका लागि स्थगित भएको हो।  

बैठक आज १ बजे बस्ने तय भएको थियो। अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का स्वकीय सचिव रमेश मल्लका अनुसार अर्को बैठक बिहीबार बिहान ११ बजे कमलादीस्थित प्रज्ञा–प्रतिष्ठानमा बस्ने छ।  

शीर्ष नेताको कार्य व्यस्तताका कारण केन्द्रीय समिति बैठक मंगलबारपनि स्थगित भएको थियो। माओवादीको बैठक आइतबारदेखि सुरु भएको हो। बैठकमा अध्यक्ष दाहालले राजनीतिक प्रतिवेदन पेस गरेका थिए। 

प्रकाशित: २२ असार २०७९ ०७:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App