१२ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

रासायनिक मल अभावबारे सांसदद्वारा सरकारको ध्यानाकर्षण

सङ्घीय संसद्, राष्ट्रियसभाका सांसदहरुले रासायनिक मलको अभावबारे किसानले भोग्दै आएका समस्या सम्बन्धमा सरकारको ध्यानाकर्षण गराएका छन्। सभाको आजको बैठकको विशेष समयमा सांसद अनिता देवकोटाले असारे बजेट सक्न अव्यवस्थित ढङ्गबाट खर्च गरिएको भन्दै आपत्ति जनाइन्।

उनले भनीन्, 'बजेट फ्रिज हुने बहानामा योजनामा असारमा मात्रै खर्च गर्ने जुन परिपाटी छ, त्यसले विकासको गतिलाई तीव्रता दिन सक्दैन, विकास दिगो हुन सक्दैन, आगामी वर्षमा बजेट फ्रिज हुनेबारे अब अहिलेदेखि नै सोच्नुपर्छ।' किसानका लागि अभाव भएको मलको व्यवस्थापन गर्नुपर्ने उनको माग छ।

सांसद भैरवसुन्दर श्रेष्ठले रासायनिक मलको अभावका कारण किसान चिन्तामा रहेको बताउँदै जतिसक्दो चाँडो मल व्यवस्थापनमा लाग्न सरकारको ध्यानाकर्षण गराए। त्यस्तै सांसद शेखरकुमार सिंहले भने, 'कृषिप्रधान मुलुकमा किसानले खेती गरिरहेको समयमा मल पाएको छैन, सरकारलाई कुनै चासो छैन।' 

प्रकाशित: २० असार २०७९ ०९:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App