९ जेष्ठ २०८१ बुधबार
image/svg+xml
राजनीति

नेपाल विदेशी शक्ति राष्ट्रको क्रिडास्थल बन्न थाल्याे: कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले नेपाल विदेशी शक्ति राष्ट्रको क्रिडास्थल बन्न थालेको बताएका छन्।  

काठमाडौंमा सोमबार राप्रपा नेपालका युवाहरुलाई सम्बोधन गर्दै अध्यक्ष थापाले लोकतन्त्र स्थापनाको १६ वर्षमा देशको अवस्था फर्केर पुरानै अवस्थामा आइपुगेको बताए। उनले पछिल्लो समय देशको राजनीति केही राजनैतिक दलका नेताहरुको कब्जामा रहेको बताए।  

अध्यक्ष थापाले देशलाई आफ्नो मुठीमा लिएका केही नेताहरुले सर्वसत्तावाद लाद्न थालेको आरोप लगाए। दलका नेताहरुको कारण राष्ट्रियता समेत खतरामा परेको बताए। कमजोर बनिरहेको राष्ट्रियतामा विदेशी शक्ति केन्द्रको चलखेल र प्रभाव रहेको बताउँदै उनले नेपाल विदेशी शक्तिको रणनैतिक प्रतिष्पर्धास्थल बनेको बताए। 

प्रकाशित: १३ असार २०७९ ०९:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App