८ वैशाख २०८१ शनिबार
राजनीति

गेटामा स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउन विधेयक ल्याउँछु: प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले गेटामा मेडिकल स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने घोषणा गरेका छन्। धनगढी उपमहानगरपालिकाको नव निर्मित प्रशासकीय भवनको उद्घाटन समारोहमा प्रधानमन्त्रीले देउवाले काठमाडौँ फर्केपछि स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउन विधेयक ल्याउने बताए।

‘गेटा मेडिकल कलेजको कुरा उठाउनु भएकोमा धन्यवाद दिन्छु, म काठमाडौँ फर्केपछि स्वास्थ्य प्रतिष्ठान बनाउन विधेयक ल्याउन्छु’ उनले भने। ऐन बनाएर गेटामा स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने उनको भनाइ थियो।

समारोहमा धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले गेटामा मेडिकल विश्वविद्यालय वा स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउन माग गरेका थिए भने सुदूरपश्चिम प्रदेश सरकारका मुख्य मन्त्री त्रिलोचन भट्टले पनि स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउनु पर्ने धारणा राखेका थिए।

प्रधानमन्त्री देउवाले डोटीको उच्च माध्यमिक विद्यालयमा एस एल सी दिएर ३ दिन हिडेर धनगढी पुगेको स्मरण गरे। धनगढीबाट भारतको मेलौनी, लखनउ र रक्सौलमा रेल बदल्दै काठमाडौँ गएको बताए। सदुरपश्चिम विकासले फड्को मार्दै गएको भएपनि विकास पुरा कहिले नहुने उनले बताए।

सुदूरपश्चिमको विकासमा आफ्नो प्रयत्न रहिरहने उनको भनाइ थियो। कैलालीको गेटामा ४ अर्ब लागतमा भवन निर्माण भैसकेपनि मेडिकल कलेज संचालनका लागी सरकारले गम्भीर चासो नदिएको भनेर चिन्तित बनेका स्थानीयले मेडिकल विश्वविद्यालय वा स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउन माग गर्दै आएका थिए। मेडिकल कलेज संचालन संघर्ष समितीले शुक्रबार धनगढीमा प्रधानमन्त्री देउवालाई ज्ञापन पत्र समेत बुझाएका थिए।

सरकारले प्रस्तुत गरेको नीती तथा कार्यक्रममा गेटा मेडिकल कलेज संचालनको विषय नसमेटिएपछि संघर्ष समिती गठन गरेर स्थानीय सडकमा उत्रेर विभिन्न विरोधमा कार्यक्रमा गरेका थिए। स्थानीयको विरोध प्रदर्शनले दबाव खेपेको सरकारले बजेट भाषणमा गेटा मेडिकल कलेज संचालनको कुरा उल्लेख गरेपनि स्थानीय सन्तुष्ट हुन सकेनन्।

गेटा मेडिकल कलेज र सेती तथा महाकाली अस्पतालबीचको सहकार्यमा सम्बन्धित विश्वविद्यालय अन्तर्गत मेडिकल कलेज संचालन गर्ने भनेर निती तथा कार्यक्रममा उल्लेख छ। स्थानीय वासिन्दाको माग बमोजिम देउवाले ऐन बनाएर स्वास्थ्य प्रतिष्ठान बनाउने प्रतिबद्धता जनाएपछि स्थानिय खुशी भएका छन्।

तीन दशकदेखि सुदूरपश्चिमवासिको सपना  

करिब तीन दशक अघि सुदूरपश्चिमका जनताले गेटा मेडिकलको सपना देखेर अवाज उठाए। याहाँका जनताले माग गरेको एक दशक पछि विं.सं. २०६६ मा सरकारले गेटा मेडिकल कलेज स्थापना गर्ने घोषणा गरेर बजेट विनियोज गर्‍यो। विभिन्न अवरोध र लापरवाहीका कारण त्यसको दुई दशक बितिसक्दा मात्र भौतिक संरचना निर्माण लगायतको करिब ९० प्रतिशत काम सम्पन्न भएको छ।

सुरुदेखि नै सुस्त गतिमा अघि बढेको प्रस्तावित गेटा मेडिकल कुन प्रारुपमा संचालन गर्ने भनेर सरकारले ऐन बनाउन चासो दिएन। गेटा मेडिकल कलेज संचालन कुन प्रारुपमा गर्ने भनेर सरकारले ऐन नबनेकाले उपकरण, जनशक्ती र मेडिकल कलेज भित्र आवश्यक अन्य सेटअपको काम गर्न सकिएको थिएन। गेटामा करिब साढे ४ अर्बको लागतमा ५१.८ हेक्टर क्षेत्रफलमा निर्माण भएका भवनहरुले झकिझकाउ भएको छ।

अस्पताल, कलेज, छात्रवास, आवासलगायत भवनहरु तयार भइसकेका छन्। अस्पताल, कलेज सञ्चालनका लागि आवश्यक भवन लगायत २९ वटा आधुनिक भवनहरु निर्माण भइसकेका छन्। अन्य ५ वटा भवन निर्माणको भैरहेका छन्। खानेपानी, विद्युत र फोहरमैला व्यवस्थापनको काम भने हुन बाँकी छ।

मेडिकल कलेजको गुरुयोजनामा आर्थिक वर्ष २०७६/०७७ मा मेडिकल कलेज सञ्चालन गर्ने लक्ष्य लिइएको थियो। तर पूर्वाधार निर्माणमा ढिलाइ भएपछि सञ्चालनको लक्ष्य २०७८ मा सारिएको थियो। सरकारले २०६६ सालमा गेटा मेडिकल कलेज स्थापनाको निर्णय गरे पनि रुख कटानको आदेश नपाउँदा लामो समयसम्म पूर्वाधार निर्माण सुरु हुन सकेको थिएन।

स्थानीयले बन्चरो लगेर आफै रुख काटेर विरोध प्रदर्शन गरेका थिए। २०७१ मा प्रशासनिक भवनको शिलान्यास भएको थियो। रुख कटानको आदेश पाएसँगै २०७३ वैशाखदेखि नयाँ संरचना निर्माणको काम सुरु भएको हो।

प्रकाशित: ४ असार २०७९ १०:३५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App