२ जेष्ठ २०८१ बुधबार
image/svg+xml
राजनीति

व्यापार घाटा कम गर्न सरकारको प्राथमिकताः प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले निर्यात प्रवर्द्धन तथा आयात प्रतिस्थापन गर्न निजी क्षेत्रको सक्रिय सहभागिता र सहकार्य बिना सम्भव नभएको बताएका छन्।

बिहीबार नेपाल चेम्बर अफकमर्शले काठमाडौँमा आयोजना गरेको ‘नेपाल चेम्बर एक्स्पो २०२२’ को उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले निर्यात प्रवर्द्धन  तथा आयात प्रतिस्थापन गर्न निजी क्षेत्रको सक्रिय सहभागिता र सहकार्य बिना सम्भवन भएको बताएका हुन्।

उनले निर्यात प्रवर्द्धन गरी आयात प्रतिस्थापनको लागि सरकार निजी क्षेत्रसँग सहकार्य गर्न तयार रहेको बताए। प्रधानमन्त्री देउवाले स्वदेशी उत्पादनलाई बढी भन्दा बढी गुणस्तरीय बनाएर निर्यात प्रवर्द्धन गरी मुलुकको व्यापार घाटालाई कम गर्दै नेपालमा उत्पादन हुन सक्ने वस्तु तथा सेवा स्वदेश भित्रै उत्पादन गरी आयातलाई प्रतिस्थापन गर्ने सरकारको पहिलो प्राथमिकता रहेको दाबी गरे।

उनले व्यापार एक्स्पो तथा प्रदर्शनीहरुमा स्वदेशी उत्पादन, कच्चा पदार्थ र नेपाली मौलिक प्रविधि सिपबाट उत्पादित स्वदेशी वस्तुहरुलाई प्रथमिकताका साथ समावेश गरी वस्तुहरुको प्रचारप्रसार तथा पहुँचमा जोड दिन आवश्यक हरेको बताए।

प्रधानमन्त्री देउवाले स्वदेशी वस्तुको प्रचारप्रसारले निकासी प्रवर्द्धनमा सहयोग पुग्नुको साथै साना र मझौला उद्योगहरुको संरक्षण र दिगो विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरे। प्रधानमन्त्री देउवाले चेम्बरले आयोजना गरेको व्यापार सम्मेलनले कोभिड–१९बाट थला परेको व्यापार व्यवसायमा थप गति र उर्जा प्रदान गर्ने बताए।

उनले नेपाली उत्पादनको बजारिकरण र अन्तर्राष्ट्रियकरण गरी नेपालको आर्थिक गतिविधिलाई चलायमान बनाउन यस्ता एक्स्पोले सहयोग गर्नेमा दुई मत नभएको दाबी गरे। प्रधानमन्त्री देउवाले नेपाली उत्पादनको निर्यात वृद्धि गर्न विदेशी लगानी कर्तालाई नेपालमा उद्योग व्यवसायमा लगानी गर्न उत्प्रेरित गर्ने बताए।

त्यस्तै, चेम्बर अफकमर्सका अध्यक्ष राजेन्द्र मल्लले सरकारले अन्तर्राष्ट्रिय व्यापार सम्मेलन गर्नको लागि सरकारले छुट्टै स्थानको व्यवस्था गर्न माग गरे। मेलामा स्वदेशी उत्पादन तथा विदेशी नयाँ–नयाँ वस्तुहरु प्रदर्शनीको लागि राखिएको छ।

प्रकाशित: २ असार २०७९ ०८:५२ बिहीबार

प्रधानमन्त्री शेरबहादुर देउवा नेपाल चेम्बर अफकमर्श