२० आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

प्रहरी निगरानीमै रहने गरी रातारात बुटवल पुर्‍याइयो राज्यमन्त्री बिमलालाई

महिला र नाबालिका कुटपिट गरेपछि प्रहरी नियन्त्रणमा रहेकी लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री बिमला ओलीलाई बुटवल पठाइएको छ। उनलाई प्रहरी निगरानीमै रहने गरी बुटवल पठाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

यसअघि मंगलबार उनलाई जिल्ला प्रशासन कार्यालयमै राखिएको थियो। आवश्यक परेको बेला प्रहरीले बोलाएर अनुसन्धान गर्ने गरी उनलाई राती बुटवल पठाइएको प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिए।

‘उहाँ (बिमला) लाई आवश्यक परेको बेला बोलाएर सोधपुछ गर्नेगरी उहाँलाई बुटवल पठाइएको छ,’ प्रमुख जिल्ला अधिकारी रेग्मीले भने ‘उहाँलाई प्रहरी निगरानीमै राखिने छ।’ प्रदेश सरकार स्रोतका अनुसार आज संसदमा बजेट पेश हुन थालेको र बजेट पासका लागि बिमलालाई मुख्यमन्त्री कुलप्रसाद केसीकै निर्देशनमा बुटवल पुर्‍याइएको हो।

मुख्यमन्त्री केसीले मंगलबार बिहान नै राज्यमन्त्री बिमलालाई बुटवल ल्याउने विषयमा छलफल समेत गरेका थिए। प्रदेश सरकारले आज बजेट पेश गर्दैछन्। बजेट पारितका लागि बहुमत जुटाउन संसदमा बिमलाको उपस्थिति अनिवार्य जस्तै छ। ‘बजेट पास गर्नका लागि बहुमत जुटाउन उहाँ (बिमला) को उपस्थिति अनिवार्य जस्तै छ,’ एक मन्त्रीले भने ‘यसर्थ मुख्यमन्त्री ज्यूले मंगलबार बिहान उहाँलाई बुटवलमै ल्याउने खालको कुरा गर्नुभएको थियो।’

प्रकाशित: १ असार २०७९ ०२:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App