१७ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

ताप्लेजुङमा प्रमुख पद जित्नेमा काँग्रेस र समग्रमा बढी पद जित्नेमा एमाले पहिलो

स्थानीयतह निर्वाचन

प्रमुख पदमा नेपाली काँग्रेसभन्दा पछि परेर दोस्रो भएको एमालेले ताप्लेजुङका स्थानीय तहका कूल पदमा भने काँग्रेसलाई पछि पारेको छ। कूल ३ सय २३ पदमध्ये नेकपा एमाले पहिलो, काँग्रेस दोस्रो, माओवादी केन्द्र तेस्रो र स्वतन्त्र उम्मेदवार चौथो रुपमा रहँदा नेकपा एस पाँचौं र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च छैटौं स्थानमा रहेका छन्।

जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी बिपिन दुलालका अनुसार अनुसार ३ सय २३ पदमध्ये एमालेले १ सय ५१ पद जित्दा काँग्रेसले ९७ पद जितेको छ। माओवादी केन्द्रले ५० र स्वतन्त्र उम्मेदवार १५ स्थानमा विजयी भएका छन्। नेकपा एसले ७ स्थानमा विजय हासिल गर्दा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले ३ पदमा विजय हासिल गरेको छ। यो कार्यपालिका सदस्य निर्वाचन बाहेकको परिणाम हो।

जिल्ला निर्वाचन कार्यालयका अनुसार आठराइ त्रिबेणी गाउँपालिकामा एमालेले २१, काँग्रेसले ५ र माओवादी केन्द्रले १ स्थान जितेको छ। फक्ताङलुङ गाउँपालिकामा एमाले र काँग्रेस समान १२–१२ स्थानमा विजयी हुँदा माओवादी केन्द्र ८ र ५ जना स्वतन्त्र उम्मेदवार विजयी भएका छन्। फुङलिङ नगरपालिकामा एमाले २४, काँग्रेस २२, मओवादी केन्द्र १० र नेकपा एसले १ स्थान जित्यो।

मिक्वाखोला गाउँपालिकाका एमालेले ११, काँग्रेसले १० र माओवादी केन्द्र ६ स्थानमा विजयी भए। मेरिङदेन गाउँपालिकामा एमालेले १७, काँग्रेसले १४ र नेकपा एसले १ स्थानमा जितेको छ। मैवाखोला गाउँपालिकामा काँग्रेस र माओवादी समान ११–११ स्थानमा विजयी हुँदा एमाले र नेकपा एस समान ५–५ स्थानमा विजयी भए। पाथीभरा याङ्वरक गाउँपालिकामा एमाले २५, काँग्रेस ४, स्वतन्त्र २ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च १ स्थानमा विजयी भयो।

सिदिङ्वा गाउँपालिकामा एमाले २१, काँग्रेस ७, माओवादी केन्द्र १, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च २ र स्वतन्त्र ६ स्थानमा विजयी भए। सिरिजङ्गा गाउँपालिकामा एमाले १५, काँग्रेस १२, माओवादी केन्द्र १३ र २ जना स्वतन्त्र उम्मेदवार विजयी भए। समग्रमा हेर्दा काँग्रेसले ४ प्रमुख, २ उपप्रमुख, १५ वडाध्यक्ष र ७६ जना सदस्य जितेको छ। एमालेले ३ प्रमुख, ३ उपप्रमुख, २९ वडाध्यक्ष र १ सय १६ जना सदस्य जितेको छ।

यसैगरि, माओवादी केन्द्रले २ प्रमुख, ३ उपप्रमुख, १० वडाध्यक्ष र ३५ जना सदस्य जितेको छ। स्वतन्त्रले ४ वडाध्यक्ष र ११ जना सदस्य पद जितेका छन्। नेकपा एसले २ वडाध्यक्ष र ५ सदस्य पद जितेको छ। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले १ वडाध्यक्ष र २ जना सदस्य जितेका छन्।

प्रकाशित: २४ जेष्ठ २०७९ ०७:५२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App