१२ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

बजेट कार्यान्वयनमा कठिनाइ हुनेः भीम रावल

सांसद डा. भीम रावलले देश आर्थिक सङ्कटमा परेका बेलामा अध्ययन नगरिकन बजेट आएको र कार्यान्वयनमा कठिनाइ हुने बताएका छन्।

प्रतिनिधिसभाको आजको बैठकमा सरकारले आर्थिक वर्ष २०७९/०८० को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथिको सैद्धान्तिक छलफलका विषयमा उनले बजेटले समाजवादोन्मुख अर्थतन्त्रको व्यवस्थालाई अवलम्बन गर्न नसकेको बताए।

सांसद रावलले नेपाल पनि आन्तरिक र बाह्य ऋणको चपेटामा पर्न सक्ने कुरा आइरहेका अवस्थामा बजेटले त्यो कुरालाई ध्यान दिन नसकेको सुझाव दिए। सांसद रावलले सगरमाथासम्म दुई घण्टामा पुग्ने द्रुतमार्ग बनाउने, काठमाडौँबाट चितवन एक घण्टामा पुग्ने द्रुतमार्ग बनाउने पनि बजेटको सस्तो लोकप्रियता भएको धारणा राखे।

प्रतिनिधिसभाको आर्थिक वर्ष २०७९/०८० को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट)माथि सैद्धान्तिक छलफल सकिएको छ। छलफलमा उठेका प्रश्नको जवाफ भोलि अर्थमन्त्रीले दिने कार्यसूची रहेको छ।

बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले आर्थिक वर्ष २०७९/०८० को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथिको सैद्धान्तिक छलफल सकिएको र अर्थमन्त्रीले सो बारेमा उठेका सवालको जवाफ यही जेठ २० गते बस्ने बैठकमा दिने जानकारी गराए। प्रतिनिधिसभाको अर्को बैठक यही जेठ २० गते ११ बजे बस्नेछ।

प्रकाशित: १९ जेष्ठ २०७९ १३:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App