१९ जेष्ठ २०८१ शनिबार
image/svg+xml
राजनीति

मैवाखोला गाउँ कार्यपालिकामा गठबन्धनलाई सुविधाजनक बहुमत

ताप्लेजुङको मैवाखोला गाउँ कार्यपालिकामा गठबन्धन पक्षको सुविधाजनक बहुमत पुगेको छ। १४ सदस्यीय कार्यपालिकामा एमालेका १ जना वडाध्यक्षले मात्र प्रतिनिधित्व गर्नेछन्।

निर्वाचित महिला सदस्य भित्रबाट ४ र दलित वा अल्पसंख्यक मध्येबाट कार्यपालिकामा जाने २ गरी ६ जना कार्यपालिका सदस्य नै गठबन्धन पक्षका निर्विरोध निर्वाचित भएसंगै कार्यपालिकामा गठबन्धन पक्षको वर्चश्व कायम भएको हो।

निर्वाचित महिला सदस्यमध्येबाट कार्यपालिकामा जाने ४ जनामा नेपाली कांग्रेसका सुनिता फागो र नरकुमारी लिम्बू, नेकपा माओवादी केन्द्रका बिनु लिम्बू र नेकपा एसका तुलसा बराइली निर्विरोध चयन भएका छन्।

यस्तै दलित वा अल्पसंख्यकमध्येबाट कार्यपालिकामा जाने २ जनामा कांग्रेसका पासाङ ग्याबु शेर्पा र माओवादी केन्द्रका रीता शेर्पा चयन भएका छन्। योसंगै मैवाखोला गाउँ कार्यपालिकामा अध्यक्ष सहित माओवादी केन्द्रका ५, कांग्रेसका उपाध्यक्षसहित ६, नेकपा एकीकृत समावजादीका १ वडाध्यक्षसहित २ र एमालेका १ वडाध्यक्षले कार्यपालिकामा प्रतिनिधित्व गर्ने छन्।

प्रकाशित: १५ जेष्ठ २०७९ १३:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App