१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

अध्यक्ष ओलीकै गृह जिल्लामा हल्लियो एमाले गढ, फुत्कियो दमक नगरपालिका

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको गृह नगरमा झापाको दमक नगरपालिकाको मेयर र उपमेयरमा एमालेका उम्मेदवारहरु पराजित भएका छन्।  

गृहनगर मात्र होइन, अध्यक्ष ओलीको गृह जिल्लामै एमाले कमजोर भएको छ। झापा जिल्लाका पालिकाहरुको अहिलेसम्मको अन्तिम नतिजा र गणना भइरहका पालिकाको अवस्था हेर्दा अघिल्लो स्थानीइ चुनावको तुलनामा एमालेको गढ यसपटक हल्लिएको छ।  

शुक्रबार सम्पन्न दमक नगरपालिकाको मतगणनाको अन्तिम नतिजाअनुसार मेयरमा राप्रपाका रामुकमार थापाले एमालेकी उम्मेदवार गीताकुमारी पौडेललाई ५५९ मतले हराएका छन्। उपमयेरमा छ दलिय गठबन्धनका तर्फबाट नेपाली कांगेसकी रेगिना भट्टराईले एमालेका अम्बिका प्रसाद खनाललाई हराएकी छिन्।

मेयर थापाले १७ हजार ५२५ र पराजित पौडेलले १६ हजार ९६६ मत प्राप्त गरेकी थिइन। उपमेयरमा विजयी भट्टराईले १७ हजार ७२ र पराजित १६ हजार ५७४ मत ल्याएका थिए। दमक नगरपालिकामा एमाले विरुद्ध सत्तारुढ गठबन्धन र राप्रपा एकातर्फ थिए भने अर्कोतर्फ नेकपा एमाले मात्र थियो। कांग्रेस, माओवादी केन्द्र, एकिकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाबीचको तालमेल थियो।  

अध्यक्ष ओलीले स्थानीय निर्वाचनको प्रचारप्रसारका बेला आफ्नो गृहनगरमा सत्तारुढ गठबन्धनले एमालेलाई कुनै पनि हालतमा हराउन नसक्ने दाबी गर्दै आएका थिए।  

दमकमा मात्र होइन, धमाधम आइरहेका पालिकाहरुको नतिजा हेर्दा एमालेको विगतको गढ भत्किदै गएको देखिन्छ। जिल्लाको १५ वटा स्थानिय तहमध्ये ८ पालिको अन्तिम नतिजा सार्वजनिक भइसकेको छ। आठ वटा पालिकामध्ये कांग्रेसले ४ वटा पालिका, एमालेले २ वटा र राष्ट्रिय प्रजातन्त्र पार्टिले २ वटा पालिकामा मेयर पदमा जित हात पारेका छन्।    

पछिल्लो नतिजाले त्यसैपनि एमाले कमजोर भएको देखिन्छ। त्यसो त मतगणना भइरहेका ७ पालिकामध्ये एमालेले ५ वटा पालिका र कांग्रेसले २ वटा पालिकामा मेयर पदमा अग्रता लिइरहेका छन्। हालसम्म दमक, भद्रपु्रर र बिर्तामोड नगरपालिका, कन्काई, कचनकवल, झापा, बाह्रदशी, बुद्धशान्ति र हल्दिवारी गाउँपालिका गरी ८ वटा स्थानिय तहको नजिता सार्वजनिक भएको छ।  

यस्तै भद्रपुर नगरपालिकामा नेपाली कांग्रेसका  गणेश पोखरेल १२ हजार ५ सय २५ मत प्राप्त गरि प्रमुखमा निर्वाचित भएका छन् भने उपाध्यक्षमा राष्ट्रिय प्रजातन्त्र पार्टीकी राधा कार्की ९ हजार २ सय ३० मत सहित निर्वाचित भएकी छन्।  

यस्तै बिर्तामोड नगरपालिका अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार पवित्रादेवी महतारा १६ हजार ५ सय २० मत ल्याई विजयी भएकी छन्। उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस उम्मेदवार भोजराज सिटौलालाई ३ हजार ७५८ मतान्तरले पराजित गरेकी हुन्। पराजित भोजराज सिटौलाले १२ हजार ७६२ मत ल्याएका छन्। यस्तै उपप्रमुखमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार नगेन्द्रप्रसाद संग्रौला १५ हजार ५८६ मत सहित विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उम्मेदवार चन्द्रप्रसाद कडरियाले ८ हजार ४५१ मत ल्याएका छन्।

यस्तै मतगणना सम्पन्न भएको झापाको कचनकवल गाँउपालिकामा नेपाली कांग्रेसका कालेन्द्र प्रसाद सिंह राजवंशी ११ हजार ४ सय ५७ मत प्राप्त गरि गाँउपालिका अध्यक्षको रुपमा निर्वाचित भएका छन् भने उनका प्रतिद्धवन्दी राष्ट्रिय प्रजातन्त्र पार्टीका अन्जार आलमले ६ हजार ६ सय ६७ मत प्राप्त गरेका थिए।यस्तै गाँउपालिकाको उपाध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नवराज भट्टराई ८ हजार १ सय ४३ मत प्राप्त गर्दै निर्वाचित भएका छन् भने उनका प्रतिद्धवन्दी राष्ट्रिय प्रजातन्त्र पार्टीका निमसरी राजवंशीले ६ हजार ८ सय २ मत प्राप्त गरेका थिए।

यस्तै कनकाई गाँउपालिकामा नेपाल कम्युनिष्ट पार्टी एमालेका राजेन्द्रकुमार पोखरेल ८ हजार ६ सय ७३ मत प्राप्त गरी गाँउपालिका उपाध्यक्षको रुपमा निर्वाचित भएका छन् भने उनका प्रतिद्धवन्दी नेपाली कांग्रेसका रुद्रप्रसाद चिमरियाले ६ हजार ६ सय ६१ मत प्राप्त गरेका छन्। यस्तै उपाध्यक्षमा नेपाली कांग्रेसकी आसा शिवाकोटी १० हजार ७ सय १३ मत प्राप्त गर्दै निर्वाचित भएकी छन् भने उनका प्रतिद्धवन्दि नेपाल कम्युनिष्ट पार्टी एमालेकी मन्जु प्रसाईंले ८ हजार ८ सय ४५ मत प्राप्त गरेकी छन्।  

यस्तै झाँपा गाँउपालिकामा पनि नेपाली कांग्रेसले अध्यक्ष तथा उपाध्यक्षमा जित हात पारेको छ। अध्यक्षमा जयनारायण शाह ६ हजार ९ सय ९८ मत सहित निर्वाचित भएका छन् भने उनका प्रतिद्धवन्दि नेपाल कम्युनिष्ट पार्टी एमालेका  गौरीशंकर राजवंशीले ४ हजार ३ सय ६५ मत प्राप्त गरेका थिए। यस्तै उपाध्यक्षमा अन्जुदेवी थपलियाले ५ हजार ८ सय ६८ मत प्राप्त गरिन् भने उनकी प्रतिद्धवन्दि नेपाल कम्युनिष्ट पार्टी एमालेकी देवीमाया अधिकारीले ४ हजार ३ सय ७१ मत प्राप्त गरेकी छन्।

बाह्रदशी गाँउपालिकामा नेकपा एमालेका उमेद्वारहरु अध्यक्ष तथा उपाध्यक्षमा निर्वाचित भएका छन्। अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी एमालेका देवीन्द्रप्रसाद चम्लागाई ७ हजार १ सय ४८ मत प्राप्त गरि निर्वाचित भएका छन् भने उपाध्यक्षमा एकालेकी शान्तादेवी शिवाकोटी ६ हजार ६ सय ३६ मत प्राप्त गर्दै निर्वाचित भएकी छन्।

यस्तै बुद्धशान्ति गाउँपालिकामा नेपाली कांग्रेसका मनोज प्रसाईं ११हजार ४०३मत प्राप्त गर्दै निर्वाचित भएका छन् भने उपाध्यक्षमा नेकपा एमालेका भवानीप्रसाद खतिवडा ८ हजार ७४ मत सहित निर्वाचित भएका छन्।  

यस्तै हल्दीबारी गाउँपालिका प्रमुखमा राष्ट्रिय प्रजातन्त्र पार्टी उम्मेदवार रविन्द्रप्रसाद लिङदेन ६,८५६ मत ल्याई विजयी भएका छन्। उनले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी एमालेका उम्मेदवार डम्बरबहादुर गिरीलाई २,१९० मतान्तरले पराजित गरेका हुन्। पराजित डम्बरबहादुर गिरीले ४,६६६ मत ल्याएका छन्।

यस्तै उपाध्यक्षमा राष्ट्रिय प्रजातन्त्र पार्टीकी उम्मेदवार लक्ष्मीदेवी मैनाली ५,०७८ मत सहित विजयी भएकी छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी एमालेकी उम्मेदवार शान्तादेवी गौतमले ४,१०६ मत ल्याएकी छन्।

कुल जनसंख्या ९ लाख ९४ हजार ९० रहेको छ झापा जिल्लामा ६ लाख ४६ हजार २ सय ३४ जना मतदाता रहेका छन्।  १५ वटा स्थानीय तह रहेको झापामा अझै ६ वटा पालिकाको मतपरिणाम आउन बाँकी छ।

प्रकाशित: ६ जेष्ठ २०७९ १२:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App