२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

कपिलवस्तुको दुई पालिकामा एमाले

कपिलवस्तुको बाणगंगा नगरपालिका र सुद्धोदन गाउँपालिका एमालेको पक्षमा गएको छ। दुवै पालिकाको प्रमुख र उपप्रमुख पदमा एमालले जितेको हो।

२०७४ को निर्वाचनमा यो पालिकामा कांग्रेसले जितेको थियो। एमालेका नगर प्रमुखका उम्मेदवार चक्रपाणी अर्यालले १८ हजार ९९९ मत प्राप्त गरी चुनाव जिते। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका रविराज आचार्यले १८ हजार ३६० मत प्राप्त गरे। दुवैबीच ६ सय ३९ मतको अन्तर छ।

त्यसैगरी उपप्रमुखमा एमालेकै रीता चौधरीले १९ हजार ३९८ मत ल्याई चुनाव जितिन्। उनकी प्रतिस्पर्धी नेपाली कांग्रेसकी तारावती थारुले १८ हजार ४६४ मत प्राप्त गरेकी छन्। वाणगंगा नगरपालिकामा एमालेले नगर प्रमुख र उपप्रमुखसहित ६ वटा वडा जितेको छ। कांग्रेसले ४ वटा वडा र माओवादीले एउटा वडा जितेको छ।

यस्तै कपिलवस्तुको यशोधरा गाउँ पालिकामा नेकपा एमालेका अध्यक्ष  र उपाध्यक्ष उम्मेदवारले चुनाव जितेका छन्। एमालेका गाउँपालिकाका अध्यक्षका उम्मेदवार शिवदयाल तिवारीले ४ हजार ४ सय ६२ मत प्राप्त गरि चुनाव जिते। उनका निकटम प्रतिस्पर्धी नेपाली कांग्रेसका अनुपकुमार पाण्डेयले ३ हजार २ सय मत प्राप्त गरे।

त्यसैगरी उपाध्यक्षमा एमालेकै गुन्जादेवी मौर्यले ४ हजार ४५ मत ल्याई चुनाव जितिन्। उनकी प्रतिस्पर्धी नेपाली कांग्रेसकी बिन्द्रावती यादवले ३ हजार २ सय ३७ मत प्राप्त गरिन्। यशोधरा गाउँपालिकामा एमालेले अध्यक्ष र उपाध्यक्षसहित ३ वटा वडा जितेको छ।

८ वटा वडा रहेको गाउँपालिकामा कांग्रेसले २ वटा, जनता समाजवादीले १ वटा, जनमत पार्टीले १ वटा र स्वतन्त्र उम्मेदवारले एउटा वडा जितेका छन्। यसअघि बुधबार राति नै कपिलवस्तु नगरपालिकामा जसपा नेपालका सुदीप पौडेल मेयरमा र उप मेयरमा सुनिता गुपता निर्वाचित भएका थिए। कपिलवस्तुका १० पालिकामा मध्ये ३ पालिकाको मतपरिणामा सार्वजनिक भइसकेको छ। अन्य ७ पालिकामा मतगणना जारी छ।

प्रकाशित: ५ जेष्ठ २०७९ ०८:२७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App