२४ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

चौरजहारी नगरपालिकामा माओवादी केन्द्रको जित

रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा नेकपा माओवादी केन्द्रले जित हाँसिल गरेको छ। नगरप्रमुख र उपप्रमुखमा माओवादी केन्द्रका पुष्प वादी र इश्वरी शर्मा विजयी भएका हुन्। 

प्रमुख पुष्प वादीले ६ हजार ८ सय ८२ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका प्रेमबहादुर ओलीले ६ हजार ३ सय ११ मत प्राप्त गरेका छन्।

उपप्रमुखमा इश्वरीले शर्माले ७ हजार २ सय मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका टंकप्रसाद ओलीले ५ हजार ७ सय ४४ मत मत प्राप्त गरे।

१४ वडा रहेको चौरजहारीमा ६,९ र १४ वडामा नेपाली कांग्रेसले जित हाँसिल गरेको छ भने बाँकी सबै वडाहरुमा माओवादी केन्द्रले जित हाँसिल गरेको छ।

प्रकाशित: ४ जेष्ठ २०७९ ०९:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App