२६ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

शहीदलखन गाउँपालिकामा माओवादी केन्द्र विजयी

अध्यक्ष रमेश थापा मगर र उपाध्यक्ष इन्दिरा तिवारी।

गोरखाको शहीदलखन गाउँपालिकामा माओवादी केन्द्र विजयी भएको छ। अध्यक्षमा रमेशबाबु थापा मगर र उपाध्यक्षमा इन्दिरा तिवारी विजयी भएका हुन्।

दुवै जना दोस्रो कार्यकालका लागि अध्यक्ष, उपाध्यक्ष चयन भएका हुन्। अध्यक्ष थापाले ५ हजार ४ सय ७४ र उपाध्यक्ष तिवारीले ४ हजार ९ सय ९६ मत ल्याए।

अध्यक्षका निकटतम प्रतिद्वन्दी एमालेका नारायण लामिछानेले ४ हजार ४ सय ३२ मत ल्याएका थिए भने उपाध्यक्षका प्रतिद्वन्दी सर्मिला श्रेष्ठले ४ हजार ४ सय ३२ मत प्राप्त गरिन्।

उक्त गाउँपालिकाको वडा नम्बर २, ४, ५, ९ माओवादी केन्द्रले जितेको छ भने वडा नम्बर ३, ६, ७, ८ कांग्रेसले जितेको छ। वडा नम्बर १ एमालेले जितेको हो।

प्रकाशित: ३ जेष्ठ २०७९ ०८:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App