२४ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

सानीभेरी गाउँपालिकामा माओवादी केन्द्र विजयी

रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार विर्खबहादुर विष्ट विजयी भएका छन्। उनले मत ६ हजार १९ प्राप्त गरेका छन्।

उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका गोरखप्रसाद चन्दले ४ हजार ३ सय २० मत प्राप्त गरे। उपाध्यक्षमा माओवादी केन्द्रकै उम्मेदवार कमला रोकाले ५ हजार ९ सय ५८ मत प्राप्त गरेर विजयी हाँसिल गरिन्। उनका प्रतिस्पर्धी नेकपा एमालेका प्रकाश खड्काले ३ हजार ४ सय ४२ मत प्राप्त गरे।

जम्मा ११ वडा रहेको सानीभेरी गाउँपालिकामा ९ वटा वडा माओवादी केन्द्र र २ वटा वडा नेपाली कांग्रेसले विजयी हाँसिल गरेको छ। सानीभेरी गाउँपालिकामा माओवादी केन्द्र एक्लै चुनावी मैदानमा रहेको थियो भने एमाले र कांग्रेसको गठबन्धन रहेको थियो।

प्रकाशित: २ जेष्ठ २०७९ ०८:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App