२२ असार २०८१ शनिबार
image/svg+xml
राजनीति

मेलम्ची र पाँचपोखरीमा मतगणना थाल्ने सहमति

विवादका कारण रोकिएको मेलम्ची नगरपालिका र पाँचपोखरी थाङपाल गाउँपालिकाको मतगणना थानली गर्ने सहमति भएको छ। दलहरुबीच सहमति जुटेपछि मध्यरातिबाट मतगणना सुरु गर्ने तयारी गरिएको हो।  

मेलम्चीको जनता मावि ज्यामिरे केन्द्रमा कांग्रेसले धाँधली गरेको आरोप लगाएपछि चुलिएको विवादले मतगणना सुरु हुन सकेको थिएन। एमालेले पुनःमतदानको अडान लिँदै आएको थियो। त्यस्तै पाँचपोखरीमा एमालेले भोटेनाम्लाङ केन्द्रमा धाँधली गरेको भन्दै पुनःमतदान गर्नु पर्ने माग राखेर माओवादीले मतगणना अघि बढ्न दिएको थिएन।  

पटक–पटकको छलफलपछि मुख्य प्रतिस्पर्धी दलहरु कांग्रेस, एमाले र माओवादी मतगणना अघि बढाउन सहमत भएका हुन्। मेलम्चीको ज्यामिरे केन्द्रको सवालमा भने कांग्रेस र राप्रपाबाहेकका दलहरुले मतदान अधिकृतलाई कार्वाही गर्न जोडदार माग गर्दै विज्ञप्ति जारी गरेका छन्। यो विज्ञप्तिसँगै अडानबाट पछाडि हटेर एमाले मतगणना सुरु गर्न सहमत भएको हो। पाँचपोखरीमा भने मतगणना माग गर्दै शनिबार दिनभर प्रदर्शन भएको थियो । त्यो प्रदर्शन नियन्त्रणमा लिन सुरक्षाकर्मी परिचालन गर्नु परेको थियो।

दलीय सहमतिसँगै तत्काल मतगणना अघि बढाउने तयारी भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। जिल्लाका १२ मध्ये अरु १० तहमा शनिबार बिहानदेखि मतगणना जारी छ भने वडा तह र प्रमुख, उपप्रमुख पदका उम्मेदवारका मतपरीणाम धमाधम सार्वजनिक भइरहेको छ।

प्रकाशित: १ जेष्ठ २०७९ ००:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App