३१ वैशाख २०८१ सोमबार
image/svg+xml
राजनीति

इटहरी उपमहानरपालिकामा मेयरमा गठबन्धन र उपमेयरमा एमालेको अग्रता

इटहरी उपमहानगरपालिकामा अहिलेसम्म भएको  मतगणना अनुसार गठबन्धनका तर्फबाट मेयरका उम्मेदवार हेमकर्ण पौडेलले अग्रता लिएका छन्। 

वडा नं. २० को ३०० मत गणना गर्दा पौडेलले १७० मत ल्याएका छन्। उनलाई एमालेका मेयरका उम्मेदवार याम सुब्बाले १०७ मत ल्याएर पछ्याइ रहेका छन्। उपमेयरमा भने एमालेकी संगीता चौधरीले १०७ मत नै ल्याएर अग्रता लिएकी छन्। 

उपमेयरमा गठबन्धनका तर्फबाट भने एकीकृत समाजवादीका केशवकुमार विष्टले ९० मत ल्याएका छन्। वडा नं. २० नेपाली काँग्रेसको पकड रहेको वडा हो। २०७४ सालको निर्वाचनमा काँग्रेसले वडाध्यक्षसहित पुरै प्यानल जितेको थियो।

प्रकाशित: ३१ वैशाख २०७९ १२:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App