२१ असार २०८१ शुक्रबार
image/svg+xml
राजनीति

अझै सुरु भएन पोखरा महानगरको मतगणना

पोखरा महानगरपालिकाको मतगणना अझै सुरु भएको छैन्। प्रतिनिधिको परिचय पत्र बनाउन भएको ढिलाइले मतगणना केही समय लाग्ने देखिएको छ।

दिउँसो २ बजे मतगणना कार्य गर्ने जिल्ला निर्वाचन कार्यालय कास्कीले जनाएपनि प्रतिनिधि चयनमा ढिलाइ हुदाँ गणना कार्य अगाडि बढ्न नसकेको हो। परिचय पत्र बनाउने काम भइरहेकोले केही समय लाग्ने देखिएको छ।

प्रारम्भिक मत परिणाम अनुसार नेकपा एमालेका प्रमुखका उम्मेदवार कृष्ण थापा र उपप्रमुख मन्जुदेवी गुरुङ। पाँचदलीय गठबन्धनका साझा उम्मेदावर धनराज आचार्य तथा उपप्रमुखमा नेपाली कांग्रेसकी कोपिला रानाभाट चुनावी मैदानमा थिए। थापा पूर्व नगरप्रमुख हुन भने गुरुङ वर्तमान उपप्रमुख हुन्।

दुई लाख ७ हजार ७ सय १२ मतदाता मध्ये शुक्रबारको मतदानमा १ लाख ४३ हजार २ सय २८ मतदाता मतदानमा सहभागिता जनाएको तथ्यांक छ। जिल्ला निर्वाचन कार्यालय कास्कीको अनुसार ६८.९६ प्रतिशत मत खसेको छ।

प्रकाशित: ३१ वैशाख २०७९ ०९:३८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App