२२ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

घोराही उपमहानगरमा गठबन्धनको अग्रता

घोराही उपमहानगरपालिकामा गठबन्धनले अग्रता लिएको छ। तीन सय बढी मत गणना हुँदा प्रमुखमा गठबन्धनका तर्फबाट माओवादीका उम्मेदवार हेमराज शर्माले १ सय ७२ मतका साथ अग्रता लिएका छन्। एमालेका उम्मेदवार नरुलाल चौधरिले १ सय ४५ मत प्राप्त गरेका छन्।

यसैगरी उपप्रमुखमा गठबन्धनका तर्फबाट उम्मेदवार बनेका कांग्रेसका भुपबहादुर डागीले १ सय ८० मतका साथ अग्रता लिएका छन भने एमालेका हुमा डिसिले १ सय ४० मत पाएकी छिन्। यो उपमहानगरमा ७६ हजार ५ सय २१ मत खसेको थियो।

प्रकाशित: ३१ वैशाख २०७९ ०८:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App