३ आश्विन २०८१ बिहीबार
image/svg+xml
राजनीति

सक्षम प्रतिनिधि छनोटका लागि अभिमत प्रदान गर्न मतदातामा गृहमन्त्रीको अपिल

गृहमन्त्री बालकृष्ण खाणले आम नेपालीहरुलाई निर्भयतापूर्वक विवेकसम्मतरूपले आफ्नो टोल, गाउँ र नगर विकासका लागि सक्षम प्रतिनिधि छनोटका लागि आफ्नो अमूल्य अभिमत प्रदान गर्न मतदातामा अनुरोध गरेका छन्।  

आज एक अपिल जारी गर्दै गृहमन्त्री खाणले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई जनताको पक्षमा मजबुत पार्न, विधिको शासनलाई सुदृढ गरी निर्वाचनको माध्यमबाट जनतालाई सशक्त बनाउन र जनस्तरसम्म शान्ति, स्थिरता, समृद्धि र सुशासन कायम गरी विकासको प्रतिफल जनताको घर आँगनसम्म पुर्‍याउनका लागि निर्वाचनमा सक्रियतापूर्वक सहभागी हुन मतदाताहरुमा आग्रह गरेका हुन्।

'यहाँको अभिमतले देश र देशवासीको समृद्धिमा सहयोग पुर्‍याउने छ भन्ने विश्वास लिएको छु', गृहमन्त्री खाणद्वारा जारी अपिलमा भनिएको छ।  

संविधान निर्माणपश्चात दोस्रो पटक यही वैशाख ३० गते शुक्रबार मुलुकभर एकै चरणमा हुन लागेको स्थानीय तह निर्वाचन सुरक्षा व्यवस्थासम्बन्धी र निर्वाचन आयोगले निर्वाचनसम्बन्धी सम्पूर्ण तयारी पूरा गरिसकेको जनाउँदै उनले सरकार स्वच्छ, निष्पक्ष, धाँधलीरहित र शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गर्न प्रतिबद्ध रहेको उल्लेख गरेका छन्। रासस

प्रकाशित: २९ वैशाख २०७९ १५:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App