१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
राजनीति

पोखरामा भोलि गठबन्धनको चुनावी सभा

गठबन्धनको पत्रकार भेटघाटमा सहभागि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीका कास्की जिल्लाका नेताहरु।। तस्बिरः सन्देश श्रेष्ठ/नागरिक

सत्तारुढ पाँचदलीय गठबन्धनले आईतबार पोखरामा बृहद चुनावी सभा आयोजना गर्दैछ। पोखरा महानगरसहित कास्कीका पाँचवटा स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर गठबन्धनले जिल्ला स्तरीय बृहद चुनावी सभा आयोजना गर्न लागेको हो। यसअघि नेपाली कांग्रेसले एकल रुपमा चुनावी सभा गर्ने तयारी गरेको थियो।

तर, एकल रुपमा चुनावी सभा गर्दा गलत सन्देश जाने भन्दै अन्य दलहरुले विरोध गरेपछि संयुक्त आमसभा गर्ने सहमति भएको नेकपा एकीकृत समाजवादी निकट श्रोतले बतायो । सहमति भएसँगै गठबन्धनमा आबद्ध दलहरु नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी सहितका दलहरुले आइतबार संयुक्त पत्रकार सम्मेलन गरी आइतबार बृहद चुनावी सभा गर्ने जानकारी दिएका छन्। पोखराको अमरसिंहचौरमा हुने बृहद चुनावी सभाको सम्पूर्ण तयारी पूरा भएको आयोजक नेकपा एकीकृत समाजवादी कास्कीका प्रचार विभाग प्रमुख पूर्ण लामाले जानकारी दिए।

चुनावी आमसभालाई गठबन्धन दलका शीर्ष नेताहरुले सम्बोधन गर्ने उनीहरुले बताएका छन। बृहद चुनावी सभालाई प्रधानमन्त्रीसमेत रहेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), पुर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायतका शीर्ष नेताहरुले सम्बोधन गर्न काँग्रेस कास्कीका  सभापति किशोरदत्त बरालले जानकारी दिए।

बृहद चुनावी सभाअघि पोखराका विभिन्न स्थानबाट ¥याली निकालिने गठबन्धनले जनाएको छ। विभिन्न स्थानबाट निस्किने ¥यालीलाई गठबन्धन दलका कास्कीका शीर्ष नेताहरुले नेतृत्व सम्हाल्ने नेकपा माओवादी केन्द्र कास्कीका संयोजक बखानसिंह गुरुङले जानकारी दिए। सभामा कास्कीका पाँचवटै पालिकाका कार्यकर्ताहरु उतार्ने गठबन्धनको तयारी छ। सबै पार्टीका कार्यकर्ता सभामा ल्याउन गाडीको ब्यबस्था गरिने कांग्रेस कास्कीका सभापति बरालले बताए।

बृहद चुनावी सभामा शीर्ष नेताहरुले गठबन्धनको औचित्यबारे प्रष्ट्याउने बरालले बताए। उनले बृहद चुनावी सभा ऐतिहासिक हुने पनि दावि गरे। ‘एकल रुपमा गर्दा पनि सभा भव्य हुने गथ्र्यो। अहिलेको चुनावी सभा हामी पाँच दलको संयुक्त भएकाले यसलाई विशाल, भव्य, सभ्य र ऐतिहासिक बनाउँछा,ैं उनले भने। उनले यो चुनावी सभाबाट पाँचदलीय गठबन्धनको एकता प्रदर्शन गर्ने दाबी गरे।

प्रकाशित: २४ वैशाख २०७९ ११:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App