२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

काँग्रेसका मधेश प्रदेश सह–महामन्त्री यादवद्वारा राजीनामा

राजीनामा दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै जयनारायण यादव।

नेपाली काँग्रेस मधेश प्रदेश कार्यसमितिका सह–महामन्त्री जयनारायण यादवले पदबाट राजीनामा दिएका छन्।

नेपाली काँग्रेस बाराको पार्टी कार्यालयमा सोमबार पत्रकार सम्मेलन गरेर मधेश प्रदेश कार्यसमितिले स्थानीय तहको निर्वाचनमा वितरण गरेको टिकट विधान विपरीत रहेको भन्दै आफूले पदबाट राजीनामा गरेको यादवले बताएका छन्।

बारा निर्वाचन क्षेत्र नम्बर २ का स्थानीय तहहरुमा मधेश प्रदेशका सभापति कृष्ण यादव र उप सभापति चन्द्रशेखर यादवले विधि प्रक्रिया मिचेर आर्थिक प्रलोभनमा परेर टिकट वितरण गरेको भन्दै आफूले सह महामन्त्रीको पदमा राजीनामा गर्न बाध्य भएको पत्रकार सम्मेलनमा यादवले बताए।

मधेश प्रदेश कार्य समितिबाट विधि प्रक्रिया मिचेर टिकट वितरण गरिएको र यसको जानकारी पार्टी सभापतिका स्वकीय सचिव भानु देउवालाई समेत जानकारी गराउँदा कुनै कारबाही नगरिएको गुनासो यादवले गरे।

वडा समिति, प्रदेश समिति, क्षेत्रीय समिति र जिल्ला समितिबाट सिफारिस गरिएका उम्मेदवारहरुलाई टिकट नदिएको र आफूखुसी सभापति र उप सभापतिले टिकट वितरण गरेको कुराको जानकारी त्यही दिन बाराका प्रमुख जिल्ला अधिकारी कृष्ण कटुवाललाई समेत गराइएको पत्रकार सम्मेलनमा यादवले बताए।

प्रजिअलाई जानकारी गराएपछि टिकटको बारेमा प्रजिय कटुवालले उप सभापति चन्द्रशेखर यादवसँग पनि सोधपुछ गरेको उनले बताए।

नेपाली काँग्रेस बाराका सभापति तथा कलैया उपमहानगरपालिकाका प्रमुख पदका उम्मेदवार राजेश राय यादवको नजिकका मानिने जयनारायण यादवले सह महामन्त्री पदबाट राजीनामाले नेपाली काँग्रेस बाराका निर्वाचन क्षेत्र नम्बर २ का स्थानीय तहहरुमा उम्मेदवार बनेकाहरुलाई एक गुटले सहयोग नगरेको देखिएको छ।

प्रकाशित: १९ वैशाख २०७९ १४:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App