१५ असार २०८१ शनिबार
image/svg+xml
राजनीति

बिजुली र पानी निःशुल्क दिने नारासहितको घोषणापत्र एमालेद्वारा सार्वजनिक

रौतहटको गरुडा नगरपालिकामा नेकपा एमालेबाट मेयर पदका उम्मेदवार कन्थमनिप्रसाद कलवारले स्थानीय घोषणापत्र सार्वजनिक गरेका छन्। जिल्लाका करिब एक सय पत्रकारहरुका बीचमा गरुडा ४ मित्रनगरस्थित तुलसीलाल स्मृति सभा भवनमा कलवारले नगरको लागि दर्जनौँ प्रतिबद्धतासहितको घोषणापत्र सार्वजनिक गरेका हुन्।

एमाले उम्मेदवार कलवारले नगरबासीलाई निःशुल्क बिजुली र खानेपानी तथा कृषिको लागि पनि पानी उपलब्ध गराउने मुख्य वाचा गरेका छन्। साथै नगरका सबै दलित र भूमिहीनलाई निःशुल्क जमिन किनेर पक्की घर बनाएर उपलब्ध गराउने घोषणा पनि गरेका छन्।

पत्रकार र पत्रकारिताको लागि अनेक आकर्षक कार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका एमाले उम्मेदवार कलवारले शिक्षा, स्वास्थ्य, कृषि र सेवाको क्षेत्रमा आमूल परिवर्तन गर्ने घोषणा गरेका छन्।

प्रेस चौतारी नेपालका मधेस प्रदेश अध्यक्ष फणिदेव महतको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ रौतहट शाखाका सभापति प्रेमचन्द्र झाले पत्रकार र पत्रकारिताको पक्षमा केही राम्रो काम गर्न आग्रह गरेका थिए। कार्यक्रममा एमाले गरुडा नगर समिति अध्यक्ष योगेन्द्र साहले पत्रकारहरुलाई सहयोग गर्न आग्रह गर्दै पत्रकारितामैत्री पालिका बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रकाशित: १८ वैशाख २०७९ १४:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App