४ पुस २०८१ बिहीबार
image/svg+xml
राजनीति

कांग्रेसको घोषणापत्र भ्रष्टाचार नियन्त्रणदेखि ३० युनिटसम्म विद्युत निःशुल्क

नेपाली कांग्रेस विराटनगर महानगरसमितिले आगामि स्थानीयतहको निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ। शुक्रबार नेपाली कांग्रेस मोरङको कार्यालय परिषरमा आयोजित कार्यक्रममा महानगरसमितिले संकल्पपत्र सार्वजनिक गरेको हो।  

संकल्प पत्रमा भ्रष्टाचार नियन्त्रणमा शून्य शहनशिलता अपनाउने, विकास निर्माणका कामलाई प्राथमिकतामा राखि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन गरी व्यवस्थित गर्ने उल्लेख छ। यस्तै विराटनगर महानगरका मासिक ३० युनिटसम्म विद्युत खपत गर्ने बासिन्दालाई निःशुल्क विद्युत उपलब्ध गराउने, विराटनगरमा जटिल शल्यक्रिया तथा विशेषज्ञ सेवासहितको मेट्रोसिटी हस्पिटल स्थापना गर्ने, ६५ वर्षमाथिका सबै जेष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य विमा गर्ने, पिछडिएका समुदाय तथा सुकुम्वासीको पहिचान गरी लालपुर्जासहितको एकीकृत वस्ती निर्माण गरी हस्तान्तरण गर्ने उल्लेख छ।  

संकल्प पत्र सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै, नेपाली कांग्रेसबाट विराटनगरको मेयरका उम्मेदवार नागेश कोइरालाले विराटनगर महानगरपालिकाले मेयरलाई दिने सबै आर्थिक  सुविधा सामाजिक कार्यमा प्रदान गर्ने बताए। उनले भ्रष्टाचार नियन्त्रण र शुशासन आफ्नो पहिलो प्राथमिकता भएकाले विराटनगर महानगरपालिकालाई भ्रष्टाचाररहित महानगरपालिका बनाउने प्रतिबद्धता व्यक्त गरे। 

संकल्प पत्रमा विराटनगर महानगरपालिकाका विभिन्न स्थानमा विद्युतीय सिंडीसहितको आकाशे पुल निर्माण गर्ने, विजुली, टेलिफोन र इन्टरनेटलगायतका तारलाई भूमिगत गर्न प्रदेश र संघ सरकारसँग समन्वय गर्ने प्रतिबद्धतापत्रमा उल्लेख छ। प्रतिबद्धता पत्र सार्वजनिक कार्यक्रममा नेपाली कांग्रेसका नेता महेश आचार्य, नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.डिला संग्रौला, भीम पराजुली लगायतका नेताहरूको सहभागिता रहेको थियो।

प्रकाशित: १६ वैशाख २०७९ १२:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App