२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

वडाध्यक्षमा सहोदर दाजुभाइ आमनेसामने

कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ७ मा सहोदर दाजुभाइबीच नै चुनावी भिन्डन्त हुने भएको छ। मोतिपुरका पूर्व गाविस अध्यक्ष समेत रहेका नेत्र गिरीले जनता समाजवादीवाट र निवर्तमान वडाध्यक्ष विष्णु गरीले एमालेवाट उम्मेदवारी दर्ता गराएपछि दाजुभाइ आमनेसमाने आएका हुन्।

दुबैजना एमालेका रहेकोमा टिकट नपाए पछि नेत्र गिरी जनता समाजवादी पार्टीमा गएका हुन्। सात भाइ मध्येका माइलो भाइ हुन् नेत्र गिरी त्यस्तै निवर्तमान वडा अध्यक्ष विष्णु गिरी साइलो भाइ हुन्। दाजु नेत्र गिरी पञ्चायत कालमा वडा अध्यक्ष र प्रजातन्त्र पुनर्स्थापनापछि दुई कार्यकाल गाविस अध्यक्ष नेकपा एमालेबाट निर्वाचित भएका थिए। 

नेत्र गिरी मोतीपुर क्षेत्रमा लोकप्रिय छन्। प्रतिष्ठाको विषय भएकोले आफू कुनै हालतमा पछाडि नहटने नेत्र गिरीले बताए। वडा अध्यक्षका उम्मेदवार नेत्र गिरीले भने ८० वर्षीय आमा र सात भाइ बसेर आर्थिक र राजनीतिक रुपमा आफू पीडित भएकाले वडा अध्यक्षमा लड्ने सहमति भएको बताए।

भाइ विष्णु गिरीले सहमतिको उल्लंघन गरेको उनले बताए। गिरीले ७ भाई मध्ये ६ भाइ आफ्नो पक्षमा रहेको बताए। गिरीले आफ्नो र भाइको नाम जिल्लामा गएको तर जिल्लाले प्रलोभनमा परेर टिकट बाँडेको आरोप लगाए। गिरीले कामको मूल्याङ्कन पार्टीले नगरेको प्रति दुःख व्यक्त गरे।

पार्टीका वडा नंं. ७ अधिकांस बौद्धिक व्यक्तित्हरुको सुझावको आधारमा नेत्र गिरीलाई उम्मेदवार बनाउने निर्णय भएको एमाले श्रोतले बताएको छ। पारिवारिक ७ भाइ र आमा समेतको बैठक बसी नेत्र गिरीलाई वडा अध्यक्षमा उम्मेलवार बनाउने र विष्णु गिरीलाई जिल्ला समन्वय समितिमा सिफारिस गर्ने पारिवारिक निर्णय भएको थियो।

प्रकाशित: १४ वैशाख २०७९ १३:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App