७ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

गठबन्धनबीच तालमेल नभएपछि छुट्टाछुट्टै उम्मेदवारी

कास्कीमा गठबन्धन दलहरुबीच तालमेल नभएपछि छुट्टाछुट्टै उम्मेदवारी दर्ता गरेका छन्। कास्कीमा अन्तिम समयमा पदीय भागवण्डा नमिलेपछि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाले छुट्टाछुट्टै उम्मेदवारी दर्ता गरेका छन्। उम्मेदवारी छुट्टाछुट्टै भएपनि उम्मेदवारी फिर्ताको समयसीमा भित्रमा तालमेलको सम्भावना बाँकी रहेकाले त्यसको प्रयास भइरहेको गठबन्धनका दलका नेताहरुले बताएका छन।

 कास्कीको अन्नपूर्ण गाउँपालिकामा अध्यक्षका लागि ११ जनाले उम्मेदवारी दर्ता गरेका छन्। अन्नपूर्णमा ८ वटा पार्टी र ३ स्वतन्त्रले उम्मेदवारी दर्ता गरेका हुन्। उक्त गाउँपालिकामा एमालेका विष्णुबहादुर केसी, कांग्रेसका युवराज कुँवर, नेकपा माओवादी केन्द्रका हरिमाया तिमिल्सिना अधिकारी, जसपाका नवराज पौडेल, नेकपा एकीकृत समाजवादीका तुलसी दाहाल, राप्रपाका पूर्णचन्द्र चुवाई, मंगोल नेसनल अर्गनाइजेसनका मनतोष घले, राप्रपा नेपालका दानबहादुर गुरुङ तथा स्वतन्त्रबाट भक्त गिरी, पशुपती भण्डारी र ईन्द्रबहादुर गुरुङले उम्मेदवारी दर्ता गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय पोखराले जनाएको छ।

अन्नपूर्ण गाउँपालिकाको उपाध्यक्षका लागि ५ वटा पार्टीका ५ जनाले उम्मेदवारी दर्ता गरेका छन्। उपाध्यक्षमा एमालेकी चन्द्रकला अधिकारी, कांग्रेसकी खिमकुमारी गुरुङ, माओवादी केन्द्रका धर्मबहादुर गुरुङ, नेकपा एसका नन्दकुमारी भण्डारी र राप्रपाका सीतादेवी भण्डारीले उम्मेदवारी दिएका छन।

्यस्तै, माछापुच्छ«े गाउँपालिकाको अध्यक्षका लागि ५ जनाले उम्मेदवारी दिएका छन्। सो गाउँपालिकामा ४ दल र एक स्वतन्त्रले अध्यक्षका लागि उम्मेदवारी दिएका हुन्। उम्मेदवारी दिनेमा एमालेका विक्रम गुरुङ, कांग्रेसका मीनबहादुर गुरुङ, राप्रपाका आशिष शाही, मंगोल नेसनल अर्गनाइजेसका डमराज मगर र स्वतन्त्र उम्मेदवार पानबहादुर जिसीले उम्मेदवारी दर्ता गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय पोखराले जनाएको छ।

माछापुच्छ«े गाउँपालिकाको उपाध्यक्षमा ६ वटा पार्टीका ४ महिलासहित ६ जनाले उम्मेदवारी दिएका छन् । माछापुच्छ«ेमा एमालेकी सीता तिवारी, कांग्रेसकी सीता अधिकारी, माओवादी केन्द्रकी प्रविणा अधिकारी, जसपाका जगतबहादुर गुरुङ, नेकपा एसका आसिम गुरुङ र राप्रपाकी राधा थापा मगरले उम्मेदवारी दिएका छन्।

कास्कीको उत्तरपूर्वी क्षेत्रमा रहेको मादी गाउँपालिकाको अध्यक्षमा ४ वटा पार्टीका १ महिलासहित ४ जनाले उम्मेदवारी दिएका छन्। मादीमा एमालेका शिवबहादुर गुरुङ (महेन्द्र), कांग्रेसका देवीजङ्ग गुरुङ, जसपाका बबिता आचार्य अधिकारी र राप्रपाका लिलामोहन कुईकेलले उम्मेदवारी दिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय पोखराले जनाएको छ। यो पालिकामा कांग्रेसले अध्यक्ष र माओवादीले उपाध्यक्ष पाउनेगरी तालमेल भएकाले अध्यक्षमा माओवादी केन्द्रले उम्मेदवारी दिएको छैन।

 मादीको उपाध्यक्षमा ३ वटा पार्टीका २ महिलासहित ३ जनाले उम्मेदवारी दिएका छन्। मादीमा एमालेकी कल्पना गुरुङ, माओवादी केन्द्रका लालबहादुर गुरुङ र राप्रपाका सरला पौडेलले उम्मेदवारी दिएका छन् । यहाँ माओवादीका लालबहादुरलाई कांग्रेसको समर्थन छ। 

त्यस्तै, रुपा गाउँपालिकाको अध्यक्षमा ३ पार्टीका १ महिलासहित ३ जनाले उम्मेदवारी दिएका छन्। रुपामा एमालेका नवराज ओझा, कांग्रेसकी गीमाया गुरुङ र राष्ट्रिय जनमोचाका सोमनाथ अधिकारीले उम्मेदवारी दर्ता गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय पोखराले जनाएको छ।

रुपाको उपाध्यक्षमा ५ पार्टीका २ महिलासहित ५ जनाले उम्मेदवारी दिएका छन्। रुपमा एमालेकी लालसुबा गुरुङ, कांग्रेसका नारायणकुमार श्रेष्ठ, माओवादी केन्द्रका नवराज बराल, नेकपा एसका कपिल पौडेल र राष्ट्रिय जनमोर्चाकी शान्तीदेवी बोहोराले उम्मेदवारी दर्ता गरेका छन्। कास्कीको पोखरा महानगरपालिकामा भने मेयरका लागि २८ र उपमेयरका लागि ११ जनाले उम्मेदवारी दिएका छन्।

प्रकाशित: १३ वैशाख २०७९ १३:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App