२१ असार २०८१ शुक्रबार
image/svg+xml
राजनीति

गठबन्धनको निर्णय अनुसार मनोननय दर्ता गर्न निर्देशन

सत्तारुढ गठबन्धनले पाँच दलिय गठबन्धनको निर्णय अनुसार मनोननय दर्ता गर्न निर्देशन दिएको छ। सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकले मनोनयन दर्ता गर्दा गठबन्धनले गरेको निर्णय अनुसार गर्न नेता, कार्यकर्ताहरुलाई निर्देशन दिएको हो।

बैठकले गठबन्धनको उम्मेदवारलाई निर्वाचित गराउनका लागि आ–आफ्नो दलको संयन्त्रमार्फत् निर्देशन दिने पनि निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए। उनले देशैभरी पाँच दलको एउटै उम्मेवार हुने बताए।

मन्त्री कार्कीले गठबन्धनको निर्णय विपरित उम्मेदवारी दर्ता गराउनेहरुलाई पनि सहमतीमा ल्याउने बताए। सञ्चारकर्मीको जिज्ञासाको जवाफ दिदैँ उनले उम्मेदवार छनौटको सम्बन्धमा नेपाली कांग्रेसभित्र कुनै समस्या नभएको बताए।

प्रकाशित: १२ वैशाख २०७९ ०७:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App