२१ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

रोल्पामा गठबन्धन नहुने

रोल्पा कांग्रेस पार्टी कार्यालय।

भोलि हुने निर्वाचन मनोनयन पत्र दर्ताका लागि टिकट वितरण गर्न आज बिहान निष्कर्ष बिना टुङ्गीएको कांग्रेस जिल्ला कमिटिको बैठक फेरी सुरु भएको छ। गठबन्धनका नाममा केन्द्रले हस्तक्षेप गरेको भन्दै रुष्ट कांग्रेसी एक्लै चुनावी मैदानमा जाने भएका छन्।

रोल्पा कांग्रेस सभापति किशोर आचार्यले जिल्लामा टिकट वितरणको तयारी सुरु भएको बताए। आइतबार बिहान केन्द्रबाट हस्तक्षेप गरी गठबन्धनका लागि प्रेसर गरेको भन्दै रोल्पा कांग्रेस रुष्ट बनेका थिए। गठबन्धनको अर्को दल माओवादी रोल्पाका अध्यक्ष सुरेन्द्र थापा घर्तीले जिल्लाले गएको २७ गते नै तालमेल नगर्ने निर्णय गरेको बताउँदै गठबन्धनको मुद्धा प्रदेशमा रहेको बताए।

उम्मेदवारी दर्ताको अघिल्लो दिनसम्म पनि दलहरुले उम्मेदवारीको टुङ्गो लगाउन नसक्दा चुनावीे माहोल सुनसान बनेको छ। पछिल्लो नेपाली राजनितिक माहोल हेर्दा रातारात अन्य निर्णय भएमा आश्चर्य नहुने राजनितिक विश्लेषकहरु बताउँछन्।

प्रकाशित: ११ वैशाख २०७९ ११:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App