५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

निर्वाचन सामग्री लिएर ताप्लेजुङका निर्वाचन अधिकृतहरू कार्यक्षेत्रमा

स्थानीय तहका निर्वाचनका लागि ताप्लेजुङमा खटिएका निर्वाचन अधिकृतहरूले प्रारम्भिक चरणको निर्वाचन सामग्री बुझेर लगेका छन्।

यो सँगै फुङ्लिङ नगरपालिकामा मुख्य निर्वाचन अधिकृतको कार्यालय र ८ वटा गाउँपालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने भएको छ।‘सबै निर्वाचन अधिकृतज्युहरूले प्रारम्भिक चरणको निर्वाचन सामग्री बुझेर लानु भएको छ’जिल्ला निर्वाचन अधिकारी दिनेश खनालले भने।

स्थानीय तहको निर्वाचनका आठराइ त्रिबेणीमा बिदुरप्रसाद कोईराला,फक्ताङ्लुङमा राजकुमार दाहाल, मिक्वाखोलामा मधुसुदन आचार्य र मैवाखोलामा दिब्यराज घिमिरे निर्वाचन अधिकृत तोकिएका छन्। यस्तै मेरिङ्देन गाउँपालिकामा ताप्लेजुङ जिल्ला अदालतका श्रेष्तेदार शम्भुप्रसाद रेग्मी र पाथीभरा याङ्वरक गाउँपालिकामा जिल्ला सरकारी वकिल कार्यालय ताप्लेजुङका जिल्ला न्यायधीबक्ता युवराज महत निर्वाचन अधिकृत तोकिएका छन्।

सिदिङ्वा गाउँपालिकामा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका निर्देशक बिनिता भट्टराई तथा सिरिजङ्गा गाउँपालिकामा बिशेष सरकारी वकिल कार्यालयका उपन्याधिवक्ता मोहन खनाल निर्वाचन अधिकृत तोकिएका छन्। जिल्ला सदरमुका रहेको नगरपालिकामा मुख्य निर्वाचन अधिकृतको कार्यालय रहने र त्यहाँ सम्वन्धित जिल्लाको बरिष्ठतम् न्यायाधीश मुख्य निर्वाचन अधिकृत रहने प्रावधान रहेको छ।

फुङ्लिङ नगरपालिका लागि मुख्य निर्वाचन अधिकृतको जिम्मेवारी सहित जिल्ला न्यायाधीस प्रकाश राउतले जिम्मेवारी पाएका छन्। यसअघि मंगलवार मुख्य निर्वाचन अधिकृत राउत,प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेल सहितका सुरक्षा निकायका प्रमुखहरु,निर्वाचन अधिकृतहरु र जिल्ला निर्वाचन कार्यालयका प्रमुखको संयुक्त छलफल भएको थियो। छलफल निर्वाचनका कार्यक्रम र त्यसको प्रभावकारिता केन्द्रित भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

प्रकाशित: ७ वैशाख २०७९ ०४:३९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App