८ वैशाख २०८१ शनिबार
राजनीति

विद्युतीकरण, बाटो निर्माणका लागि एमसिसी प्रस्ताव पेश गरिएको हो: गृहमन्त्री

फाइल तस्बिर।

गृहमन्त्री बालकृष्ण खाँणले मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) राष्ट्र हितका लागि रहेकाले प्रस्ताव पेश गरेको बताएका छन्। विद्युतीकरण, बाटो निर्माणका लागि एमसिसी प्रस्ताव पेश गरेको बताउँदै यसले देशमा विकास हुने उनले जानकारी दिए।

नेपाली कांग्रेस रामपुर नगरपालिका पाल्पाले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमसिसीका विषयमा भएका गलत प्रचार र भ्रमलाई अन्त्य गर्न जरुरी रहेकामा जोड दिए। उनले सबै नेपालीको हकहित र राष्ट्रियता, उद्योगी, व्यवसायी सबै क्षेत्रका नागरिकका लागि कांग्रेस पार्टी आवश्यक रहेको जनाउँदै २४सै घण्टा होटल तथा रेष्टुरेन्ट व्यवसाय खुला गरिएको बताए।

लुम्बिनी प्रदेश सरकारका पर्यटनमन्त्री डिल्लीबहादुर चौधरीले पाल्पा पर्यटन क्षेत्रको प्रचुर सम्भावना बोकेको ठाउँ रहेको बताउँदै प्रदेश सरकारबाट पर्यटन क्षेत्रमा सहयोग गर्दै जाने जानकारी दिए। कार्यक्रममा नेपाली कांग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले आगामी निर्वाचनमा कांग्रेसलाई जिल्लाको पहिलो पार्टीका रूपमा स्थापित गर्ने दाबी गरे।

प्रकाशित: ६ चैत्र २०७८ ०२:०८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App