१९ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

सामाजिक एकता पार्टीको औपचारिक घोषणा

निर्वाचन आयोगमा गत हप्ता दर्ता भएको सामाजिक एकता पार्टीको औपचारिक घोषणा भएको छ। मंगलवार काठमाडौंस्थित प्रज्ञा प्रतिष्ठानमा सि.बि गहतराजको अध्यक्षतामा सामाजिक एकता पार्टी घोषणा भएको हो। घोषणा सभामा बोल्दै पार्टीका अध्यक्ष गहतराज पार्टीमा २१ जना पदाधिकारी रहेको र १५१ जना केन्द्रिय समिति सदस्य रहेको बताए। 

उनले पार्टीले एकताको सम्मान गरौँ समृद्ध नेपाल निर्माण गरौँ भन्ने मुल नारासहित पार्टी घोषणा भएको बताए। अध्यक्ष गहतराजले पार्टीले आफ्नो मान्यता र उद्देश्य कार्यकारी राष्ट्रपति र पारदर्शी सुशासन भ्रष्टाचार मुक्त नेपाल बोकेको बताए।

घोषणासभामा बोल्दै नेपाली काँग्रेसका केन्द्रिय सदस्य रामहरि खतिवडाले नेपाली राजनीतिमा अहिले द्वेध चरित्रको विकास भइरहेको भन्दै यो परिपाटीलाई अन्त्य गर्नुपर्ने बताए। उनले सरकारमा रहँदा र प्रतिपक्षमा रहँदा फरक कुरा गरेर कहिल्यै पार्टी र राजनीतिको विकास नहुने बताए।

केन्द्रीय सदस्य खतिवडाले नेपाली राजनीतिमा नेताहरुमा वचन र इमान्दारिताको खडेरी परेको उल्लेख गरे। उनले पार्टीमा नाता र परिवारलाई अधिकार सुम्पिने परिपाटीको अन्त्य गरेर अघि बढ्न पनि सामाजिक एकता पार्टीलाई शुभकामना दिए। 

प्रकाशित: १० फाल्गुन २०७८ ११:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App