१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

सभामुख सापकोटाद्वारा बोलाइएको सर्वदलीय बैठक चल्दै

प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठक चलिरहेको छ। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध संसदमा महाभियोग प्रस्ताव दर्ता भएसँगै पछिल्ला राजनीतिक घटनाक्रमको विषयमा छलफलका लागि सभामुख सापकोटाले आज सर्वदलीय बैठक बोलाएका हुन्।

उक्त बैठकमा प्रमुख प्रतिपक्षी दल एमाले सहभागी छैन। प्रमुख प्रतिपक्ष एमालेले महाअभियोगको प्रतिवाद गर्ने निर्णय गरिसकेको छ। महाअभियोगलाई पारित गर्नका लागि सांसद संख्याको दुई तिहाइ अर्थात् एक सय ८१ सांसदको मत आवश्यक पर्छ। बैठकले महाभियोग परामर्श समिति गठन गर्ने तयारी गरेको छ।

महाअभियोग प्रस्ताव पारित गर्न चाहिने दुई तिहाइ सांसद सत्ता गठवन्धनसँग छैन। सत्ता गठवन्धनका तीन दल नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका सांसदले महाअभियोग प्रस्तावमा हस्ताक्षर गर्दा गठवन्धनमै आवद्ध जनता समाजवादी र राष्ट्रिय जनमोर्चाका सांसदको हस्ताक्षर छैन।

सोही बैठकमा माओवादीको संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङ, परराष्ट्रमन्त्री नारायण खड्का, गृहमन्त्री बालकृष्ण खाँणलगायत सहभागी भएका छन्। 

प्रकाशित: २ फाल्गुन २०७८ ०९:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App