नेकपा (एमाले) ले केन्द्रीय सचिवालयको बैठक बोलाएको छ। बैठक आज साँझ ६ बजे अध्यक्ष केपी शर्मा ओलीको निवास बाल्कोटमा बस्ने तय भएको छ।
पछिल्लो राजनीतिक परिस्थितिका बारेमा छलफल गर्न सचिवालयको बैठक बोलाईएको एमाले जानकारी गराएको छ।
यस्तै एमालले संसदीय दलको बैठक भोलि ११ बजे, संसद् भवन, नयाँ बानेश्वरमा बस्ने तय भएको जनाएको छ।
प्रकाशित: १ फाल्गुन २०७८ १०:३७ आइतबार