८ वैशाख २०८१ शनिबार
राजनीति

नेकपा एकीकृत समाजवादी उदयपुरको महिला संघ अध्यक्षमा पशुपति चौधरी

नवगठित कमिटी गठनमा भेला भएका नेताहरु।

माधव नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) निकट अखिल नेपाल महिला संघ (समाजवादी) उदयपुरको अध्यक्षमा पशुपति चौधरी चयन भएकी छिन्। शनिबार सदरमुकाम गाईघाटमा सम्पन्न नेकपा (एस) निकट महिलाहरुको जिल्ला स्तरीय भेलाले चौधरी नेतृत्वमा अनेमसंघ (समाजबादी)को गठन भएको हो।

पार्टीको १ नम्बर प्रदेश कमिटी अध्यक्ष बलदेव चौधरीको उपस्थितिमा भएको भेलाले त्रियुगा नगरपालिका १३ की वडाध्यक्षसमेत रहेकी चौधरीको अध्यक्षतामा ९१ सदस्यीय जिल्ला कमिटी गठन गरेको पार्टीले जनाएको छ।

वरिष्ठ उपाध्यक्षमा देबीमाया कटुवाल र दुई उपाध्यक्षमा भगवती कार्की र साबित्रा दनुवार चयन हुँदा सचिव उष्मा राई, सहसचिव बिमला कार्की र कोषाध्यक्ष शकुन्तला बिक चयन भएका छन्। शनिबारै सम्पन्न भेलाले रीना रोकाको अध्यक्षतामा ५१ सदस्यीय त्रियुगा नगर स्तरीय अनेमसंघ (समाजवादी) कमिटी पनि गठन गरेको पार्टीले जनाएको छ।

नगर कमिटीको उपाध्यक्षमा मैया कटवाल र चाँदनी चौधरी चयन भएका छन् भने सचिवमा तारा श्रेष्ठ र सहसचिव अर्चना चौधरी तथा कोषाध्यक्ष बिनिता राई छानिएको पार्टीले जनाएको छ। भेलामा बोल्दै त्रियुगा नगरप्रमुखसमेत रहेका प्रदेश अध्यक्ष बलदेव चौधरीले आधा आकाश ओगटेका महिलाहरु राजनीतिक रुपमा सक्रिय भए मात्र समाज र देशले गति लिनसक्ने बताए।

उनले महिलाहरूको सक्रिय राजनीतिक सहभागिताविना देशको विकास संभव नहुने भन्दै त्यसका लागि खुलेर राजनीतिक फिल्डमा आउनुपर्नेमा जोड दिए। देश र समाज विकासका लागि महिला र पुरुषको समान सहभागिता अनिवार्य भएको भन्दै उनले  अधिकार पनि बराबर हुनुपर्नेमा जोड दिए।

कार्यक्रममा नेकपा (एस)का केद्रीय सदस्य तथा प्रदेश सांसद सुनिता चौधरी र अर्की केन्द्रीय सदस्य गंगा कार्कीलगायतले पनि भनाई राखेका थिए।

प्रकाशित: १ फाल्गुन २०७८ ०८:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App