७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
राजनीति

एमसीसी पारित गर्नुपर्छ: डा.कोईराला

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शशांक कोईरालाले आगामी स्थानीय तह निर्वाचनमा कांग्रेसले कुनै पार्टीसँग गठबन्धन गर्न नहुने बताएका छन्।

बिहीबार बसेको नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठकमा बोल्दै नेता कोईरालाले आगामी स्थानीय तहको निर्वाचनमा कुनै पार्टीसँग गठबन्धन गर्न नहुने धारणा राखेका हुन्। बैठकपछि सञ्चारकर्मीलाई संक्षिप्त रुपमा प्रतिक्रिया दिदैँ उनले बैठकमा आफ्नो अस्तित्व जोगाउनका लागि अन्य पार्टीसँग नमिलि एक्लै जानुपर्ने धारणा राखेको बताएका हुन्।

उनले भने– ‘मैले के भने भने हामी आफ्नै अस्तित्व जोगाउनुपर्छ। हामी कोही अर्को पार्टीसँग नमिलेर हामी जानुपर्छ भनेर मैले मात्रै बोले यसको बारेमा। मैले स्पष्टताका साथ राखें।’ नेता कोईरालाले एमसीसी परियोजना पारित गर्नुपर्ने बताएका छन्। स्थानीय तहको निर्वाचन नजिकै आएकाले पार्टीको भातृसंगठनहरुको अधिवेशन निर्वाचनपछि गराउने कुरा भएको पनि उनले बताए।

प्रकाशित: २८ माघ २०७८ ०६:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App