१४ असार २०८१ शुक्रबार
image/svg+xml
राजनीति

कुनै पनि पार्टीसँग एकता हुँदैनः महासचिव वैद्य

नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्यले तत्काल कुनै पनि पार्टीसँग एकता नहुने बताएका छन्।  

राजधानीमा आज आयोजित पत्रकार सम्मेलनमा महासचिव वैद्यले नेकपा (माओवादी केन्द्र) र अन्य कम्युनिष्ट पार्टीसँग आफ्नो पार्टी एकताको पक्षमा नरहेको स्पष्ट पारे। ‘हामीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेत्रविक्रम चन्द ‘विप्लव’सँग पार्टी एकताको कुरा गरेका छैनौँ, उहाँहरु दुवै जनासँग पार्टी एकता हुन सक्दैन,’ उनले भने।

मोहनविक्रम सिंह नेतृत्वको नेकपा मसालसँग पनि आफ्नो पार्टीको एकता हुन नसक्ने वैद्यको भनाइ थियो। सिमाना र राष्ट्रियताको समस्या जटिल बन्दै गएको अवस्थामा सरकार चुप लागेर बसेको उनको आरोप थियो।

प्रकाशित: २७ पुस २०७८ १५:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App