coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

एमाले ताप्लेजुङको ११ औं जिल्ला अधिवेशनमा झण्डै सात सय प्रतिनिधि सहभागी हुने

नेकपा (एमाले) ताप्लेजुङको पुस २३ र २४ गते हुने ११ औं जिल्ला अधिवेशनमा साढे सयदेखि सातसय हाराहारी प्रतिनिधि सहभागी हुने भएका छन्।

प्रतिनिधि चयनको कार्य अन्तिम चरणमा पुगे पनि प्रतिनिधि संख्याको स्पष्ट किटान भइ नसकेको एमाले ताप्लेजुङका इञ्चार्ज तथा पोलिटब्युरो सदस्य तिलकुुमार मेन्याङ्वोले जानकारी दिए। ‘छ सयभन्दा माथि सातसय हाराहारी प्रतिनिधिको संख्या हुनसक्ने देखिएको छ’, मेन्याङ्वोले भने। उनका अनुसार कुनै एक कमिटीमा रहेको व्यक्तिले अर्को कमिटीमा रहने गरी उम्मेदवारी दर्ता गर्ने बित्तिकै साविकको कमिटीको हैसियत गुमाउने एमालेको नयाँ विधानको व्यवस्था रहेको छ।

सोहीअनुरुप जिल्ला कमिटीमा रहेका व्यक्ति पालिका कमिटीमा पनि आबद्ध भएको अवस्थामा जिल्ला कमिटीमा रहने छैनन्। त्यहीअनुुरुप यसअघि दुई समानान्तर कमिटीलाई संयोजन गरेर घोषणा गरिएको ४ सय २ सदस्यीय जिल्ला कमिटी अब २ सय २० देखि २ सय २८ सम्ममा खुम्चने स्थिति देखिएको छ।

जिल्ला कमिटीका सदस्य स्वतःजिल्ला अधिवेशन प्रतिनिधि हुने छन्। विधानको यही व्यवस्थाअनुसार प्रतिनिधिको अन्तिम टुङ्गो लाग्दै गरेकोले एकिन तथ्यांक तयार भइनसकेको मेन्याङ्वोले बताए।

एमाले विधान अनुसार वडा तहबाट जिल्ला अधिबेशनमा आउने प्रतिनिधि भने पार्टी संगठित सदस्यका आधारमा चयन हुनेछन्। २५ जना पार्टी संगठित सदस्य बराबर १ जना तथा प्रत्येक वडाबाट १ जना दलित प्रतिनिधि आरक्षण कोटा अनुरुप जिल्ला अधिवेशनमा सहभागी हुन पाउने छन्।

आरक्षण कोटाबाहेक प्रतिनिधि चयन गर्दा कम्तिमा ३३ प्रतिशत महिला सहभागिता अनिवार्य हुनुपर्ने विधानको व्यवस्था रहेको छ। एमाले ताप्लेजुङमा करिव ८ हजार २ सय पार्टी संगठित सदस्य रहेको बताइन्छ।

प्रकाशित: १९ पुस २०७८ ०९:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App