९ आश्विन २०८१ बुधबार
image/svg+xml
राजनीति

अध्यक्ष प्रचण्डद्वारा २३६ सदस्यीय केन्द्रीय सदस्यको नाम प्रस्ताव

नेकपा (माओवादी केन्द्र)को आठौँ राष्ट्रिय सम्मेलनको आठौँ दिन अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २३६ जनाको केन्द्रीय समिति सदस्यको नाम प्रस्ताव गरेका छन्।

कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको हलमा जारी बन्दशत्रमा विभिन्न क्लस्टरसहित २३६ जनाको नाम प्रस्ताव गरेका हुन्। माओवादीको केन्द्रीय समिति २९९ सदस्यीय हुने व्यवस्था छ। बाँकी ६३ सदस्य भने केन्द्रीय समितिको बैठकले मनोनयन गर्ने कार्यतालिका छ। यस्तै, माओवादीको पदाधिकारी १५ सदस्यी हुने व्यवस्था गरिएको छ।

सर्वसहमतिका आधारमा विभिन्न चरणको छलफलका आधारमा अध्यक्ष प्रचण्डले केन्द्रीय सदस्यको नाम घोषणा गरेको केन्द्रीय प्रचार तथा प्रकाशन विभागले जनाएको छ। अध्यक्षले गरेको प्रस्तावलाई बन्दशत्रले पारित गर्नुपर्नेछ।

प्रकाशित: १८ पुस २०७८ १२:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App