१० आश्विन २०८१ बिहीबार
image/svg+xml
राजनीति

माओवादी नेतृत्वको कारण उत्पीडित समुदायको पहिचान र अधिकारको प्रत्याभूतिः प्रचण्ड

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले माओवादी नेतृत्वको कारण उत्पीडित समुदायको पहिचान र अधिकारको प्रत्याभूति भएको बताएका छन्।

किरात समुदायको पर्व उधौली तथा नेवार समुदायले मनाउने योमरी पुन्हिका अवसरमा शुभकामना दिँदै अध्यक्ष प्रचण्डले सो बताएका हुन्। 

शुभकामना वक्तव्य निकाल्दै अध्यक्ष प्रचण्डले विज्ञप्तिमा भनेका छन्, ‘हरेक नेपालीको पहिचान भनेको उसको परम्परागत संस्कृति हो । यही सांस्कृतिक विविधतासहितको सहिष्णुता नै नेपाली समाजको एकता हो। नेपाली जनताको बलिदानीपूर्ण संघर्ष र माओवादीको नेतृत्वदायी भूमिकाका कारणले मात्र उपेक्षित क्षेत्र तथा उत्पीडित समुदायको पहिचान र अधिकारको प्रत्याभूति भएको हो। सबै समुदायको हक, अधिकार र पहिचानले नै नेपाली राष्ट्रियता सदृढ हुन्छ। समुदायको पहिचानसहितको समृद्धि नै राष्ट्रको उन्नती हो।’

प्रकाशित: ४ पुस २०७८ ०४:४३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App