६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

माधव नेपालद्वारा राजालाई पार्टी खोलेर आउन आग्रह

नेकपा(एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले नेपाललाई प्रतिगमनमा धकेल्ने प्रयास कोहीले नगरे हुने बताएका छन्। उनले प्रतिगमनलाई नेपाली जनताले नसहने बताए। उनले पूर्व राजालाई पार्टी खोलेर आउन समेत गरे।

अध्यक्ष नेपालले नेपाली राजनीतिमा भ्रष्टाचार, मैमत्त प्रवृत्तिजस्ता कारणले विकृत बनेको उल्लेख गर्दै  सत्ता परिवर्तनमात्र ठूलो कुरा नभई सामाजिक रुपान्तरण मुख्य विषय रहेको बताए।

उनले नेपाललाई उद्यमशीलतर्फ लग्नका लागि कृषिलाई आधुनिकीकरण, यान्त्रिकरण गर्ने नीति जरुरी रहेको चर्चा गर्दै रोजगारीका विभिन्न क्षेत्र पहिचान गर्नुपर्नेमा समेत जोड दिए। उनले सो क्रममा राजनीतिक दलहरुले कुराभन्दा बढी काम गर्न समेत सुझाव दिए।

प्रकाशित: २४ मंसिर २०७८ १०:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App