८ वैशाख २०८१ शनिबार
राजनीति

न्यायापालिकामा देखिएको समस्याको समाधान सरोकारवालाले गर्नेः नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले न्यायापालिकामा देखिएको समस्याको समाधान सरोकारवाला निकायहरुले गर्ने बताएका छन्। आइतबार नेपाल बार एशोसिएशन र सर्वोच्च अदालत बार एशोसिएशनका पदाधिकारीहरुले बुझाएको ज्ञापन पत्र लिँदै अध्यक्ष नेपालले न्यायपालिकामा देखिएको समस्यालाई सरोकारवाला निकायहरुले हल गर्ने बताएका हुन्।

उनले सो विषय न्यायिक क्षेत्रको मात्र सरोकारको विषय नभएर राज्यको नै प्रत्यक्ष सरोकारको विषय भएको बताए। अध्यक्ष नेपालले अदालतको विषयमा सरकारमा रहेका ५ गठबन्धनहरुले छलफल गरेको बताउँदै सरोकारवाला पक्षहरुलाई वार्तामा बसेर समाधान खोज्न आग्रह गरेको पनि खुलाए। उनले न्यायपालिकाको समस्या लामो समयसम्म रहँदा देशको इज्जत र प्रतिष्ठा गुम्ने भएकोले यसलाई हल गर्नु नै अहिलेको मुख्य आवश्यकता रहेको जनाए।

अध्यक्ष नेपालले धेरै मानिसले न्याय पाउन नसकिरहेको भन्दै छिटो भन्दा छिटो समस्याको समाधान हुने बताए। प्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरामाथि महाअभियोग लगाउन माग गर्दै नेपाल बार एशोसिएशन र कानून व्यवसायीहरुले महिना दिनयता आन्दोलन गरिरहेका छन्।

प्रकाशित: १२ मंसिर २०७८ १२:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App