coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

एमाले छाडेर मेराे पार्टीका प्रवेश गर्नेहरुको लहरनै चल्योः माधव नेपाल

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमाले छाडेर आफ्नो पार्टीका प्रवेश गर्नेहरुको लहरनै चलेको दावी गरेका छन्। शुक्रबार काठमाडौंमा बसेको पार्टी स्थायी कमिटीको बैठकमा बोल्दै उनले उत्साहवर्द्धक ढंगले एमाले छाडेर आफ्नो पार्टीमा प्रवेश गर्नेहरुको शिलाशिलानै चलेको बताएका हुन्।

अध्यक्ष नेपालले डडेलधुरामा हालसालै एमालेको सिंगो जिल्ला कमिटीनै आफ्नो पार्टीमा प्रवेश गरेपछि देशभर त्यसको प्रभाव राम्रो परेको प्रतिक्रिया समेत दिए। उनले अन्य पार्टी पनि आफ्नो पार्टीमा एकतावद्ध भएर अघि बढने विषयमा छलफल भईरहेको बताए। अध्यक्ष नेपालले केपी ओली गुटले पार्टीविरुद्ध झुटा प्रचार गरिरहेको भन्दै त्यसका विरुद्धमा चोटिलो प्रहार गर्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए।

अध्यक्ष नेपालले निर्वाचनको तयारीमा जुटन पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए। उनले तीन वटै तहको निर्वाचनमा एकैपटक गर्ने आफूहरुले सोच बनाएपनि त्यसरी गर्न कानुन, नियमले मिल्नेनमिल्ने छलफल गरेर अघि बढने बताए।

प्रकाशित: २६ कार्तिक २०७८ १२:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App