३१ वैशाख २०८१ सोमबार
image/svg+xml
राजनीति

केपी ओलीको पार्टी जनता माझबाट बडारिने: मुख्यमन्त्री राई

प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्र राईले केपी ओलीको तानाशाही र निरङ्कुश प्रवृत्तिको अब अन्त्य भएको बताएका छन्।

बुधबार इटहरीमा नेकपा संघीय समाजवादी इटहरी कमिटीले आयोजना गरेको पत्रकार भेटघाटमा मुख्यमन्त्री राईले आगामी चुनावमा नेकपा एमालेले नजित्ने बताएका हुन्।

‘अब जनताले पूरानो पार्टीलाई भन्दा नयाँ र परिवर्तनकारीलाई विश्वास गर्ने भएकाले गर्दा त्यही अनुसार मान्छे नयाँको खोजीमा छन,’ उनले भने, ‘अबको चुनावमा काँग्रेस र कम्युनिष्ट मिलेर चुनाव लडेपछि केपी ओलीको पार्टी जनता माझबाट बडारिनेछ,’ नेकपा संघीय समाजवादीका केन्द्रीय सचिव समेत रहेका मुख्यमन्त्री राईले भने।

गठबन्धनका कारण आगामी निर्वाचनमा गठबन्धनमा सहभभागी सवैलाई नाफै नाफा हुने उनले जिकिर गरे। ‘एकाध ठाउँमा विद्रोह होला तर आम रुपमा सहमति नै हुनेछ। काँग्रेस र कम्यूनिष्ट मिलेर चुनाब लडेपछि अरु कसैले चुनाब जित्दैन,’ उनले भने।

प्रदेश नं. १ मा कात्तिक १५ गते पाँच दलीय गठबन्धनबाट राई नेतृत्वको सरकार गठन भएको हो।

प्रकाशित: २४ कार्तिक २०७८ ११:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App