१२ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

कार्यवाहक प्रधानमन्त्री खाँणलाई ज्ञापनपत्र

बहिर्गमित जनमुक्ति सेना, नेपालले विभिन्न १० बुँदे माग राख्दै कार्यवाहक प्रधानमन्त्री तथा गृहमन्त्री बालकृष्ण खाँणलाई आज ज्ञापनपत्र बुझाएको छ। गृह मन्त्रालयमा उक्त सङ्गठनका इञ्चार्ज असिम आङ्बुहाङ लिम्बु, अध्यक्ष रमेश बसेलसहितको प्रतिनिधिमण्डलले बर्हिगमित जनमुक्ति सेना नेपालले उठाएका माग सम्बोधन गर्न कार्यवाहक प्रधानमन्त्री खाँणलाई ज्ञापनपत्र बुझाएको हो।  

ज्ञापनपत्र बुझ्दै उनले अध्ययन गरेर सम्बोधन गर्न सकिने भएमा पहल गर्ने आश्वासन दिएका छन्। सङ्गठनका अध्यक्ष बसेलले शान्ति प्रक्रियासँग जोडिएको मुद्दा भएकाले सम्बोधनको पहल गरिदिन आग्रह गरेका थिए।

वृहत् शान्ति सम्झौता पश्चात शैन्य शिविरमा राखी अनमिनले गरेको माओवादी लडाकु प्रमाणिकरणमा योग्यता नपुगेको भन्दै चार हजार नौ जना बर्हिगमनमा परेका थिए। ज्ञापनपत्रमा बर्हिगमित जनमुक्ति सेनाका घाइते तथा आपाङ्गको बर्गिकरण गरी प्ररिचयपत्र प्रदान गर्नुपर्ने सोही परिचयपत्रका आधारमा सरकारले सम्पूर्ण उपचार खर्च व्यहोर्नुपर्ने, विभिन्न बहानामा जेल परेका बर्हिगमितलाई निःसर्त रिहा र आममाफीलगायत माग राखिएको छ।

प्रकाशित: १२ कार्तिक २०७८ १३:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App