६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

प्रतिनिधिसभा बैठक कार्तिक २९ गतेसम्मका लागि स्थगित

प्रतिनिधिसभाको बैठक कार्तिक २९ गते सम्मकालागि स्थगित भएको छ। २ बजे सुरु भएको बैठकमा आज पनि एमालेले अवरोध र नाराबाजी गरेका थिए। 

अवरोध कै बीच बैठकमा गजेन्द्र हमालले उद्योगमन्त्रीबाट दिएको राजीनामाबारे राष्ट्रपतिको कार्यलयबाट प्राप्त पत्र सभामुखले वाचन गरेर सुनाएका थिए।

प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुन न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडुले राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन पेश गरेका थिए।

सभामुख सापकोटाले कार्तिक २९ गते सोमबार दिनको १ बजेसम्मका लागि प्रतिनिधिसभाको बैठक स्थगित गरेका छन्।

प्रकाशित: ११ कार्तिक २०७८ ०९:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App